-जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन/नवीकरण खुलायो

जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन/नवीकरण खुलायो

Hollywood Khabar August 24,2021 Comments

मिति: अगष्ट २३,२०२१

नेपाली जनसम्पर्क समितिका आदरणीय साथीहरु

जय नेपाल;

नेपाली जनसम्पर्क समिति, अमेरिकाको यही अगष्ट १९,२०२१ को बैठकको निर्णय अनुसार र नेपाली कांग्रेसको परिपत्र अनुसार, हामीले आज अगष्ट २३,२०२१ का मितिदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन र नवीकरण फाराम उपलब्ध गराएका छौं।

पार्टीको विधान, नीति, नियम, नियमावली र निर्देशन अनुरुप नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन र नवीकरण फाराम भर्नु हुन हामी सम्बन्धित सबै योग्य सदस्यहरुलाई अनुरोध गर्दछौं।

यो फाराम हामी यही सेप्टेम्वर ३, २०२१ सम्म संकलन गर्नेछौं। तसर्थ नेपाली जनसम्पर्क समितिमा आवद्ध सबै साथीहरुलाई यसै सूचनालाई आधार मानी क्रियाशील सदस्यता आवेदन र नवीकरण फाराम भर्ने कार्य गर्नुहुन अपील गर्दछौं।

नयाँ आवेदन/नवीकरण फाराम भर्दा ध्यान दिनुपर्ने मूख्य बुँदाहरु:

  1. नयाँ आवेदन र नवीकरणका लागि नेपाली कांग्रेसको विधान अनुसारका कागजात अनिवार्य पेश गर्नुपर्नेछ। जस अनुसार, नेपाली नगारिकताको प्रमाणित प्रतिलिपि, प्रयोगमा रहेको नेपाली राहदानीको राहदानी नम्वर, एकप्रति फोटो,अमेरिकामा रहेको ठेगानाको प्रमाण (सवारी चालक अनुमति पत्रको प्रतिलिपि) र नेपाली कांग्रेसको सदस्यता नम्वर।
  2. हामी सेप्टेम्वर ३,२०२१ भित्र केन्द्रीय समितिमा रीतपूर्वक प्राप्त भएका आवेदनलाई मात्र स्वीकृत गर्नेछौं। आवेदन/नवीकरण फाराम नेपाली जनसम्पर्क समिति,अमेरिकाको वेभसाइट https://www.npccusa.org/ बाट डाउनलोड गर्न सकिनेछ ।
  3. समितिद्वारा गठित छानबीन समितिले त्यस्ता आवेदनको बारे आवश्यक छानबीन गरी केन्द्रीय समितिमा पेश गरेर अनुमोदन गरिएका सदस्यहरुको फाराम र विवरण नेपाली कांग्रेस,केन्द्रीय कार्यालयमा पेश गरिनेछ। अनुमोदित भएका सदस्यहरुको सदस्यता शुल्क पार्टी खातामा जम्मा गर्नका लागि पुन: सूचित गरिनेछ।
  4. आवेदन फारामको साथमा क्रियाशील सदस्यता सिफारिश गर्ने न्यूनतम दुई जना व्यक्तिको नाम र फोन नम्वर उल्लेख गर्नुपर्नेछ। जस अन्तर्गत नेपाली जनसम्पर्क समिति,अमेरिकाद्वारा गठित क्रियाशील सदस्यता वितरण समितिका पदाधिकारी र सदस्य रहनु हुनेछ। नेपाली जनसम्पर्क समिति,अमेरिका केन्द्रीय कार्य समिति र च्याप्टर सभापति सदस्यता वितरण समितिमा रहनु भएको छ।

धन्यवाद, जय नेपाल।

आनन्द विष्ट

सभापति, नेजस अमेरिका

मुनिन्द्र नेम्वाङ्ग

महासचिव,नेजस,अमेरिका

Form Link below:

https://www.npccusa.org/copy-of-nc-party-circular