२९ माघ जाजरकोट।समाजमा विद्यमान जातीय भेदभाव र छुवाछुत विरुद्ध जाजर कोटका पुरोहित तथा धामीझाँक्री एक जुट भएका छन्।भेरी नगरपालिकाले पुर्ण रुपमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने अभियानलाई साथ दिन उनीहरुले यस्तो अठोट गरेका हुन्। भेरी नगरपालिकाभर जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिने उनीहरुले प्रविद्धता जनाएका हुन्।कुनै पनि धर्मग्रन्थमा भेदभाव तथा छुवाछुतबारे उल्लेख नै नभएको तर विकृतिका रुपमा यस्तो प्रथा आएको भन्दै पुरोहित तथा धामिझाँक्रीहरुले यस विरुद्धको अभियानमा साथ दिने जनाएका थिए।भेरी नगरपालिका ११ का रुपलाल शर्माले भने ‘आफुहरु छुवाछुत गर्दैनौ र समाजमा गर्न पनि दिन्नौ,यस्तो कुकर्म कसैवाट भए सामुहिक रुपमा प्रतिकार गछौँ।’
भगवान सवैका साझा भएको भन्दै भेरी नगरपालिका ४ का एकदेव शर्माले भने ‘भगवान सबैका समान हुन्,सानो जात र ठुलो जात भन्ने शास्त्रहरुमा छैन,त्यसैले हामीले पनि भेद्भाव गर्नु हुँदैन।’नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारको रुपमा मूल जरो बनेको विभेदलाई हटाउन पुरोहित तथा धामीझाँक्रीहरुको भुमिका महत्वपूर्ण हुने बताए।उनले छुवाछुत विरुद्धको अभियानमा पुरोहित र धामिझाँक्रीहरुको साथ मिल्नु आफैमा खुशीको विषय भएको बताए।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!