ट्रम्प प्रशाशनको DACA कार्यक्रम अन्त गर्ने निर्णय फेडरल जजबाट रोक

Hollywood Khabar January 09,2018 Comments

कृष्ण के सी/अमेरिका
क्यालिफोर्नियाँ राज्य स्थित रहेको फेडरल कोर्टले जनवरी ९, २०१८ मा Judge William Alsup बाट भएको निर्णयले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प प्रशाशनले पछिल्लो पटक गरेको Deferred Action for Childhood Arrivals (DACA) प्लान रोक्ने निर्णयलाई तत्काल रोक लगाएको छ।
Judge William Alsup ले निर्णयमा DACA कार्यक्रमको निवेदनलाइ रिन्यू गर्न समेत आदेश गर्नुभएको छ। तर पनि पहिला सो सुविधा नलिएकाहरुका लागि भए नयाँ निवेदन लागु हुने छैन।
ट्रम्प प्रशाशनले गत सेप्टेम्बर २०१७ मा आगामी मार्च २०१८ देखी सो DACA कार्यक्रम अन्त गर्न निर्णय गरेको थियो। सन २०१२ मा ओबामा प्रशाशनले गरेको DACA कार्यक्रमको निर्णयले कम उमेरमा गैरकानुनी रुपमा अमेरिका प्रवेस गराइएकाहरुको लागि डिपोर्टेशन गर्नबाट रोक लगाउँदछ। थप कानुनी उपचारको लागि अमेरिकामा बस्न, काम गर्न र अध्ययन गर्न पाउने अवसर प्रदान गर्दछ। DACA बाट लगभग ७००,००० युवा र किशोर-किशोरीहरु प्रभावित हुनेछन।