-अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधिस गिन्बर्गको ८७ बर्षको उमेरमा मृत्यू

अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधिस गिन्बर्गको ८७ बर्षको उमेरमा मृत्यू

Hollywood Khabar September 18,2020 Comments

अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधिस समेत ९ जना न्यायाधिसहरु रहन्छन। तिनै मध्येकी एक रथ बादेर गिन्बर्गको ८७ बर्षको उमेरमा क्यान्सरका कारण मृत्यू भएको छ।

अमेरिकाका एबिसी, सिएनएन लगायत सबैजसो संचार मध्यमले सो संबन्धि समाचार सर्वोच्च अदालतलाइ हवाला दिंदै सम्प्रेषण गरेका छन्। न्यायाधिस रथ बादेर गिन्बर्गलाइ metastatic pancreatic cancer भएको थियो।सोहि कारण उनको मृत्यू भएको बताइएको छ।न्यायाधिस गिन्बर्गलाइ सम्मानित न्यायमुर्ति मात्र होइन एक साहसिक महिलाको रुपमा पनि सम्मान गरिन्छ। १९९९ देखि सुरु भएको क्यान्सरले उनलाई सताउन सम्म सतायो। क्यान्सरको उपचारको क्रममा कठिन रोगको बेला पनि उनि अदालत जान्थिन। भनिन्छ उनको श्रीमानको मृत्यू भएको भोलिपल्ट नै उनि सर्वोच्चको बेञ्चमा काम गर्न पुगिन।

उनि सर्वोच्च अदालतमा रहेका दुइ मध्यका एक महिला न्यायाधिस थिइन्। न्यायाधिस गिन्बर्गलाइ महिला अधिकार, अल्पसंख्यक लगायत थुप्रै बिषयमा साहसिक न्याय संबन्धि निर्णयका लागि उच्च सम्मान स्वरुप हेरिन्छ। न्यायाधिस गिन्बर्गलाइ राष्ट्रपति बिल क्लिन्टनले अगष्ट १०, १९९३ मा सर्वोच्च अदालतको न्यायाधिसको रुपमा नियुक्तिको लागि प्रस्ताव गरेका थिए।