तस्बिर साभार वेब

कास्की क्षेत्र नम्बर २ मा २५ जनाको उम्मेदवारी दर्ता

Hollywood Khabar November 06,2019 Comments

२१ कार्तिक कास्की।कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपचुनावमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि बिहीबार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका हुन्।कास्की २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहँदै आएको थियो। 

अधिकारीको निधनका कारण यो ठाउँमा हुन लागेको उपचुनावमा अहिले उहाँकी पत्नी विद्या भट्टराई नै उम्मेदवार बन्नुभएको छ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गर्नु भएको छ।भट्टराईको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन्।