-खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस

खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस

Hollywood Khabar September 05,2021 Comments

त्यही खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस,रोगीले ओखतीमलो पाउँन् केटाकेटीले पढन् पाँउन भनेर नै हामी राजनीतिमा लागेका हौं। मन्त्री हौंला, ठुला, ठुला कुर्सीमा बसौंला भनेर सङ्घर्ष गरेका होइनौं विपी कोईराला हार्दिक आभार।

महामानव विश्वेश्वर प्रसाद कोईराला को १०८ औं जन्म जयन्तिको अवसरमा विगतमा झैं यो वर्ष पनि नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड शाखाद्वारा हिक्सभिलमा आज वृहत रक्तदान कार्यक्रम आयोजना गरियो।

रक्तदान कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विस्ट,महासचिव मूनेन्द्र नेम्वांग, जनसम्पर्क समिति अमेरिकाका नेता टक रूवाली, विश्व वास्तोला, एनआरएन वोर्ड अफ डाईरेकटर दुर्गेश कार्की, लंगआईलेन्ड समाजका उपाध्यक्ष वसन्त चापागाई,महासचिव वावुराजा शिन्हा, विरेन्द्र वुढाथोकी, प्रदिप ओस्ती, रविन संग्रौला, विक्रम राउत,रामकुमार ढकाल, अर्जुन तिम्सेना, रमेश सत्याल, योगराज पौडेल सहित ५५ जना रक्तदाता महानुभाव हरुले रक्तदान गर्नु भयो।

रक्तदान कार्यक्रममा न्यूयोर्क राज्यका विधान सभा सदस्य (AssemblyMan Michael Montesano) माईकल मन्टेसानो, विश्वरक्तदाता अर्जुन प्रसाद मैनाली, एनआरएनए यूयसएका महासचिव अन्जान चौलागाई, सल्लाहकार विरेन्द्र केसी, लंगआईलेन्ड नेपाली समाजका पूर्व अध्यक्ष एवं एन आर एन न्यूयोर्क च्याप्टरका सल्लाहकार टिकाराज ढकाल,जनसम्पर्क समिति लंगआईलेण्ड महासचिव विनिता भूजेल, हेम्जा वेलफेयर सोसाईटिका अध्यक्ष निरज साप्कोटा, समाजसेवी, अनिल अधिकारी, दिनेश भण्डारी, शंकनारायण प्रजापति, नरेन्द्र सुवेदी, हेमन्त शिंह, विशाल रेग्मी, लगाएत समाजका अगुवा, अग्रज एवं नेपाली कांग्रेसका कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको थियो ।

प्रवासमा रहेको वेला स्वदेशका महान नेताको सम्झनामा गरेको रक्तदान जस्तो पून्य कार्यमा सवै क्षेत्रवाट साथ, सहयोग र समर्थन पाउदा गर्व लाग्दछ। खुसी लाग्दछ,आभारी छौं।

धन्द्यवाद, जयनेपाल !

विश्व बास्तोला

लंगआईलेण्ड न्यूयोर्क

सेप्टेम्वर ५,२०२१