१४ माघ,काठमाडौं।चीनबाट फैलिएको कोरोना भाइरस चीनमा १०६ जनाको ज्यान लिएर सोह्र देशमा फैलिएको छ।सोह्र देशमा फैलिएपनि कोरोना भाइरसबाट चीन बाहेकका देशमा कसैको मृत्यु भएको छैन।चीनमा अहिले सम्म ४५१५ भन्दा बढी संक्रमित भएका छन् ।चीन बाहिर ४७ जनामा संक्रमण भेटिएको दावी गरिएको छ।चीनबाट फैलेको भाइरस दक्षिण एसियामा नेपालपछि श्रीलंकामा पनि भेटिएको छ।सोह्र देशमा भएको भाइरस चीन बाहिर ४७ जनामा फेला परेको छ भने थाइल्याण्डमा ८ जना फेला परेका छन्।
तेस्तै अमेरिका, अष्ट्रेलिया, सिंगापुर र ताइवानमा ५–५ जना फेला परेका छन् भने जापान, मलेसिया ४ र दक्षिण कोरियामा ४–४ जना फेला परेका छन् ।तेस्तै फ्रान्समा ३ जना फेला परेका छन् भने भियतनाममा २ जना फेला परेका छन् भने नेपाल, श्रीलंका, क्यानडा, कम्बोडिया, जर्मनीमा १–१ जना संक्रमित फेला पारिएको लेखेको छ ।कोरोना भाइरसको नमूना परीक्षण सोमबारदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण थालिएको हो ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!