-कोटेश्वोरमा देउबा, दाहाल र नेपालको दलीय बैठक

कोटेश्वोरमा देउबा, दाहाल र नेपालको दलीय बैठक

Hollywood Khabar June 14,2021 Comments

काठमाडाैं, जुन १४, २०२१

नेपालको पछिल्लो राजनैतिक घटनाक्रमलाइ लिएर विपक्षी दलका नेताहरुबीच एमाले वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वोरमा बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध बनेको विपक्षी गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि कुरामा बैठकका नेताहरुबीच सहमति भएको जनाइएको छ। संविधान, लोकतन्त्र, जनताको हक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन दृढ रहनुपर्ने कुरामा नेताहरु सहमत भएको बताइएको छ।

सोमबार साँझ भएको उक्त बैठकमा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का सहभागी थिए।