https://www.youtube.com/embed/-TIJ5eBiCvg

गायक के पि कुमार जलनको सालैजो

Hollywood Khabar December 20,2017 Comments

काठेखोला र आस पासका ठाँउलाई बयान गरि तयार पारीएको सालैजो हमाल म्युजिक बाट सार्वजनिक भएको छ। गाँउ घर छोडी जहाँ गए पनि गाँउघरको माया र सम्झना सबैलाई आउने गर्दछ त्यहि सम्झनालाई गीतमा प्रस्तुत गरिएको छ। यस्ता गीतले मनोरञ्जन मात्र होइन गाउको पर्यटकीय स्थलहरुको प्रचार समेत गर्ने गर्दछ।
पछिल्लो समयकी निकै चर्चित गायीका जुना श्री मगर र केपी कुमार जलनको सुमधुर आवाज रहेको सो गीतमा शव्द केपी कुमार जलन र लय इश्वर सिँहले गरेका छन। पछिल्लो समय एक पछि अर्को नयाँनयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको हमाल म्युजिकले गीत संगीमा आफ्ना पृथक छाप छोड्न सफल भएको छ । सञ्चालक सज्जन हमालका अनुसार हमाल म्युजिक सँधै प्रतिभावान कलाकारहरुको प्रवद्धको लागी क्रियाशिल रहेको बताउनु भयो। सम्झना गाउ घरको गीतको सम्पुर्ण निमार्ण समेत हमाल म्युजिकलेनै गरेको छ । हमाल म्युजिकले बजार व्यस्थापन गरेको सो गीतमा प्रतिमा थापा र सञ्जीव ठकुरीले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन ।