-एनआरएनए अमेरका:के सी र लामिछानेको एउटै हाइकमाण्ड, एक सुरुवाल दुइखुट्टा

एनआरएनए अमेरका:के सी र लामिछानेको एउटै हाइकमाण्ड, एक सुरुवाल दुइखुट्टा

Hollywood Khabar April 28,2021 Comments

हलिउडखबर, अप्रिल २९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालका उम्मेदवारहरुको नामावलीको पहिलो लिष्ट अप्रिल २५, २०२१ मा प्रकाशित गरेको छ।

राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यसमिति, ५० राज्य मध्ये २९ वटा राज्य च्याप्टर र अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य ९ सिट सम्मको लागि हुने यो निर्वाचनमा सयौं उम्मेदवाहरु मैदानमा छन्।

अध्यक्षमा नै वर्तमान बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष बुद्धि सागर सुबेदी, बोर्ड सदस्य तिलक के सी, पूर्व बोर्ड सदसय द्वोय कृष्ण लामिछाने र सुर्य लम्साल गरि ५ जनाले उम्मेदवारी दिएका छन्।

भलै पांच जना मध्ये स्वस्थ प्रतिस्पर्धा गर्न भने डा अर्जुन बन्जाडे र बुद्धि सुबेदी आएका छन्। उनीहरु आफ्नो चुनावी अभियानमा प्रतिस्पर्धाका लागि देखिएका छन्। यो चुनावलाइ उनीहरुले सामान्य रुपमा प्रतिस्पर्धाको लागि मात्र भनेर आएका छन्। चुनाव नै जीवन मरण भन्दा पनि एउटा नेतृत्व लिने कसरतको रुपमा लिएका देखिन्छन।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदमा आगामी नेतृत्वको लागि एक किसिमको ध्रुवीकरण हुने गर्दछ। यो पटक ध्रुवीकरण नेतृत्वको लागि नभएर अमेरिकाको प्रतिनिधित्व समाप्त गर्नको लागि हुँदैछ। यो कुचक्रको नेतृत्व संघका महासचिव डा हेम राज शर्माले गर्दैछन। अध्यक्षका अर्का उम्मेदवार कृष्ण लामिछाने भने उनै महासचिव डा शर्माको सड्यन्त्रको गोटीको प्रतिनिधित्व गर्दे आएका हुन्। उसै पनि संघका सकुनी मानिने शर्माले खेलाएको गोटीले गर्दा लामीछानेको बोलि पनि हाइकमाण्ड अनुसार काचुली फेरिने गरेको छ। कहिले बिशेष अधिवेशन भन्छन त कहिले सदस्यहरुको सबै आइडी उनलाई बुझाउनुपर्ने माग गर्छन। कहिले चुनाव गर्न हुन्न भन्छन फेरी आफैं उम्मेदवार भएर आउँछन्। आफूले पक्कै जित्छु भन्छन फेरि आफैं मलाइ हराउन सड्यन्त्र भयो भनेर औडाहा भयो भन्छन। सजिलो भाषामा भन्नुपर्दा उनको चुनावी कुरा भन्दा पनि संघमा कसरी भाँड-भैलो गर्न सकिन्छ भनेर अगाडी आएका गोटी हुन्। उसै पनि उनी आफू सहभागी भएका नेपाली जनसम्पर्क समिति, नेपाली समाज टेक्सस जस्ता सँस्थाको हालतको खराब गर्न उनले गरेको इतिहास खोतल्ने बेला भएको छ।

त्यसैगरी अर्का उम्मेदवार तिलक के सी पनि छन्। खासै भन्नुपर्दा कम बोल्ने र यसपूर्व कुरा गरेका हिसाबले उनि एक परिपक्व उम्मेदवार होलान भन्ने मेरो अनुमानले धोका खाएको छ। सोच, तरिका र उनले अगाडी ल्याएको बिधि ठिक थियो। उठाएका एजेण्डा पनि राम्रै थिए। त्यो बेला लागेको थियो यिनी पक्कै टक्कर दिन आएका उम्मेदवार हुन्। तर पछिल्लो समयमा भने उनि पनि लामिछानेकै हाइकमाण्डमा जोडिन पुगे। आखिर हाइकमाण्डवालाले लामिछानेलाइ जोगाएर उनलाई उल्टा ड्यामेज गरिदिए। उनि यो पटक सतिजानको लागि हाइकमाण्डबाट प्रयोग भएका छन्। अझै पनि उनले आफ्नो तरिका फेरेर आफैं चलेमा चाहिँ केहि फरक स्थिति आउन सक्छ।

यी लामिछाने र के सी दुवैजना उम्मेदवारहरुको कथाको वृतान्त अर्को पटक लेख्नेछु। तर आज चाहिँ ठाडो शब्दमा भन्नुपर्दा तिलक के सी र कृष्ण लामिछानेका हाइकमण्ड एउटै रहेछन। उनीहरु एक सुरुवालका दुइ खुटा रहेछन भन्ने कुरा अन्तिमको ३ दिनले प्रमाणित नै गरेको छ।

अन्तिममा आएका सुर्य लम्साल किन उम्मेदवार भए र उनको अपेक्षा के भन्ने कुरा त अझै चक्मा दिने खालको छ। उनि पनि सोहि सकुनी पासावालले नै प्रयोग गरिएका तेश्रा व्यक्ति हुन्। त्यसैले अरुको लागि बत्तिको पुतली हुन आएका हुन् भन्ने कुरामा कुनै द्विविदा रहेन। अब उनलाई चुनावमा सहभागी भएकाले उनको २०१९ को निर्वाचनको मुद्धामा पनि अदालतले उनै माथि अर्को प्रश्न गर्न सक्ने ठाउँ रहनगयो। आफैं मुद्धा गर्ने आफैं उम्मेदवार हुने। यतिमात्र होइन बिधानले पनि उनैलाइ प्रश्न गर्न सक्छ। यो सबै भन्दा उनको आफ्नै लागि सबैभन्दा उत्तम कुरा भनेको उम्मेद्वारी फिर्त नै देखिन्छ।