२३ मंसिर ,काठमाडौं ।दिनमा आखाँ नदेख्ने तर शिशा काट्ने, करेन्ट हान्न सक्ने विशेषता भएको जादुगर चरोको उपनामले समेत परिचित लाटोकसेरोको महत्व बुझाउन लाटोकसेरो महोत्सव हुने भएको छ।माघको २४ र २५ गते आगामी माघमा स्याङजाको पुतलीबजार नगरपालिका २ र विरुवा गाउँपालिका ३ को सिमास्थल राङभाङमा लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको हो ।राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथी नामक संस्थाको संयुक्त आयोजनामा संस्कृति, पर्यावरण संरक्षण र मनोरञ्जनसहितको लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो।
लाटोकसेरो ६० वर्षसम्म बाच्न सक्ने र यसको खुट्टाका नङग्राले शिशा समेत काट्ने विश्वास गरिन्छ । नेपाल, भारतमा पाइने यो चराले आफ्नो मृत्युको पूर्वाभास पाउने वित्तिकै स्वयं आत्महत्या समेत गर्ने हुँदा अति अद्भुत् श्रेणीको प्राणीको रुपमा मानिन्छ ।सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालिएको भए पनि नेपालमा भने सन् २०१२ देखि प्रत्येक वर्ष नयाँ नयाँ स्थानमा मनाइदै आएको छ ।नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा छन । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने बताए। त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरो चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन्। लाटोकोसेरोको एउटा प्रजाति लोप भइसकेको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!