-फिवना अमेरिकाले गर्यो नारी दिवसको अवसरमा पुस्तक लोकार्पण

फिवना अमेरिकाले गर्यो नारी दिवसको अवसरमा पुस्तक लोकार्पण

Hollywood Khabar March 22,2023 Comments

आदिवासी जनजाति महिला महासंघ अमेरिका-फिप्नाले अन्तरास्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर Voices of Immigrant Women Journal एक अन्तरक्रिया कार्यक्रमको साथ बिमोचन गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले सो जर्नलको बिमोचन गरेकी थिइन् । यो संकल्प सस्थाको स्थापनाकाल देखि नै भएकोले लामो समयपछि एउटा सपना पुरा भएको जानकारी संस्थाकी अधक्ष्य इन्दिरा चोङबाङले बताइन्।

जर्नी अफ द जर्नलको बिषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपूर्ण र कठिन भएपनि सबैजनाको एक्यवद्धता, प्रतिवद्वता र लगाबका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, बिज्ञापन दिएर सहयोग पुर्याउने ब्यबसायी लगायत सम्पूर्ण सहयोगिमनहरूप्रति आभार प्रकट गरिन् । त्यसैगरि यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आगामी द्नमा सुधार गर्नको लागि सम्पूर्णसॅग आग्रहपनि गरिन्। अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा प्रोफेसर रेजिता नेयरले मेन्टल हेल्थ र चाइल्ड साइकोलोजिका सम्बन्धमा आफ्नो प्रस्तुति राखेकि थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन सेलभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकि थिइन् ।