साङ्केतिक तस्बिर साभार वेब

मालवाहक ट्रकले ठक्कर दिँदा १ को मृत्यु,४ घाईते

Hollywood Khabar February 23,2020 Comments

१२ फागुन काठमाण्डौ।काठमाण्डौको कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।गुरुङको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो।

त्यस्तै दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।घाइतेहरुको अवस्था गम्भीर रहेको दुर्घटना स्थलमा खटिनुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) पुरुपोत्तम कार्कीले उज्यालोलाई जानकारी दिनुभयो।ट्रकमा च्यापिएका एक जना चालकको उद्धार गरिएको छ तर उनको अवस्था पनि गम्भीर छ।कलङ्कीबाट थानकोट जाने सडकखण्डमा मालवाहक ट्रकले स्करपियो, भ्यान, स्कुटीलगायतलाई ठक्कर दिएको हो।ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।