Hollywoodkhabar advertisement

गैरआवासीय नेपाली संघद्वारा ५६० थान अक्सिजन रेगुलेटर नेपाल सरकारलाई हस्तान्तरण

-गैरआवासीय नेपाली संघद्वारा ५६० थान अक्सिजन रेगुलेटर नेपाल सरकारलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघले एक ५६० थान अक्सिजन रेगुलेटर नेपाल सरकारको स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ। उक्त रेगुलेटर मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य विज्ञ महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।

दाताहरुको अनुरोधमा सो हस्तान्तरण गरिएको रेगुलेटर प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशलाई उपलब्ध गराउन एक पत्र समेत मन्त्रालयलाई बुझाइएको छ।

आजको यस हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, सचिवालय कार्यकारी निर्देशक राजेश राणा, जुनियर अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो।

सचिवालय

गैरआवासीय नेपाली संघ

मे २१, २०२१

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----