विजय थापा ,वाशिंगटन डिसी
अमेरिकामा गत वर्षदेखि सञ्चालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता सुरु भएको छl एमडिसी नामबाट लोकप्रिय रहेको चर्चित कार्यक्रम अप्रिल २८ देखि प्रारम्भ गरिने पूर्व घोषणा गरे अनुसार भने मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को एपिसोड १ को भिडियो सार्वजनिक गरिएको हो।
शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अप्रिल २८ देखि प्रारम्भ भई अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ। आगामी मे ५ तारिखमा सहभागी मध्ये उत्कृष्ट ४० जना छनोट हुने छन् । जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ।
एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन्। अमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु समेत संस्थाको मुख्य उद्देश्य रहेको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!