इकुडोल, ललितपुर, जनवरी २९, २०२१
जन्म दिने आमा, जन्मेको ठाउँ र जन्मेको देश सबैलाई प्यारो हुन्छ। त्यसैगरी ललितपुर जिल्लाको वाग्मती गाउँपालिका वडा नम्बर ५ इकुडोलको सांस्कृतिक, भौगोलिक, सामाजिक, शैक्षिक लगायतका विषयमा तयार पारिएको इकुडोल गीत सहिद दिवसका अवसरमा सार्वजनिक भएको छ।
सर्जक नवराज सञ्जेलद्वारा रचित इकुडोल गीतको लोकार्पण बागमती गाउपालिका वडा नम्बर ५ का अध्यक्ष साजन दर्लामी मगरले गर्नुभयो। गीतले मूलत इकुडोलको ऐतिहासिकता बोकेको छ। लोक गायक प्रकाश सापकोटा र गायिका दीपा सापकोटाको स्वरमा रहेको उक्त गीतमा संगीतकार कृष्ण दाहालले लय भर्नु भएको हो। सरोज दाहालको छयाङ्कान रहेको गीति वृत्तचित्रको निर्देशन नवराज सञ्जेल आफैले गर्नु भएको हो।
पेशाले अध्यापक, पाठ्य पुस्तक लेखक, रेडियो जर्नालिष्ट समेत रहनुभएका सञ्जेल पहिचान गीतका सर्जक हुनुहुन्छ। सञ्जेलका पहिचान गीत अन्तर्गत यो पाँचौ शृङ्खला हो। उसो त राष्ट्रिय स्तरको गीत लेखनमा समेत उत्कृष्टता हासिल गरेका बौद्धिक व्यक्ति सञ्जेल इकुडोल मात्र होइन सम्पूरण सञ्जेल समाजका गौरव हुनुहुन्छ।
इकुडोलको समन्वय रहेको गीतमा साजन दर्लामी मगर, प्रदेश सांसद चेतनाथ सञ्जेल, हरि दाहाल, रविन्स शर्मा, माधव तिमल्सिना, केशव दाहाल, पारस बजगाँई, महेन्द्र घिमिरे, नेत्र घिमिरे (युएई), कृष्ण सञ्जेल (अमेरिका), असोक थापा, श्रमिक हित साकोस, खानीखोला हाइड्रो लगायतको सहयोग रहेको सर्जक नवराज सञ्जेलले जानकारी दिनु भयो।
यो इकुडोल पहिचान गीतलाइ वडा अध्यक्ष मगरले इकुडोलको सम्पत्ति भएको र हरेक औपचारिक कार्यक्रममा सो गीत बजाइने जानकारी समेत दिनुभयो। सहभागीले गीत र इकुडोलको चर्चा गरेका थिए।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!