निर्दोष यि दुई नयन रसाएर के भो तिमीलाई

Hollywood Khabar February 23,2017 Comments

निर्दोष यि दुई नयन रसाएर के भो तिमीलाई- नवीन अँकुर- ७ गजल
ओडार भित्र मेरो वास वसाएर के भो तिमीलाई
निर्दोष यि दुई नयन रसाएर के भो तिमीलाई !
तिमी शरद तिमी शिशिर वसन्त नै तिमी नै हौ
हेमन्तमा कालो मैलो घसाएर के भो तिमीलाई !!
उग्रचण्डी महाकाली असल नारी हौ भने
एकछिनलाई दुनिया हँसाएर के भो तिमीलाई !!!
चोखो रहु पवित्र भै जुनी जुनी सम्म तब
साँपले अङग अङग डसाएर के भो तिमीलाई !!!!
अचानो हुँ सँधै चोट सहिरहन्छु खुकुरीको
धुजा धुजा पारी चोइटा खसाएर के भो तिमीलाइ !!!!!