Nagarkot, Nepal: Picture:C@Krishna KC

नगरकोट जान झन्झट, जथाभावी कर, आन्तरिक र बाह्य दुवै पर्यटक गिरावट

Hollywood Khabar October 22,2018 Comments

काठमाण्डौ उपत्यकाको ४ वटा शिर मध्ये एक मानिने नगरकोटमा आन्तरिक र बाह्य दुवै पर्यटकको लागि राम्रो छनोट स्थल हो।

पर्यटकीय स्थल नगरकोटमा काभ्रे र भक्तपुर् दुवै जिल्लाका दुइ-दुइ नगरपालिकाले स्थानिय कर उठानुन थाले पछि नगरकोटका पर्यटकले झन्झट मान्न थालेका छन। यसबाट दैनिक ठूलो संख्यामा जाने आन्तरिक र बाह्य दुवै पर्यटकहरुले वाक्क भएर विकल्प हेर्न थालेका छन्।

काभ्रेको मण्डन र भक्तपुरको चाँगुनारायण नगरपालिकाले छुट्टा-छुट्टै प्रवेश सेवा शुल्क उठाउन थालेकाले यस्तो अवस्था आएको हो । यति मात्र होइन चाँगु नारायाण मन्दिर आउनेहरुलाइ पनि कर उठाउँ छन्। प्रवेश शुल्क बाह्यलाइ २०० देखि ३३९ रुपैयाँ सम्म प्रवेश शुल्क तिर्नुपर्छ। यो एक ठाउँमा मात्र होइन दुइ-दुइ ठाउँमा तिर्नुपर्छ। काभ्रे र भक्तपुरका लागि। यसबाट पर्यटकको आंदानी भन्दा पर्यटक घटेर उल्टो असर परेको छ। यति मात्र होइन फुलचोकी-बिशंखु, रानीबन र टोखा क्षेत्रले पर्यटक सुवेधा रे मनोरममा बिकास गरे भने नगरकोटको पर्यटनमा भारि गिरावट आउनेछ भन्छन पर्यटन ब्यबसायीहरु।