गंगाधार गौतम/नेपाली जनसम्पर्क समिति बेल्जियमा पूर्वसभापति/२/२०/२०
नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए। अहिले आगामी महाधिवेशनमा ७ लाख ५० हजार सकृय सदस्य हुने अनुमान नेपाली कांग्रेसको रहेको छ। देश भित्र ७६ जिल्लाका अतिरिक्त विश्वभर छरिएका ३७ देशमा नेपाली जनसम्पर्क समिति मार्फत पार्टीको संजाल जोडिएको छ।
विदेशमा रहेका ८० लाख नेपालीहरुलाई नेपाली जनसम्पर्क समितिको छाता मार्फत लोकतान्त्रिवादीहरुलाई आवद्ध गरिएको छ। तत्तकालिन नेपाली कांग्रेसका सभापति विपी कोइरालाले भारतको मुम्बईबाट १९७६ मा विदेशमा बस्ने नेपालीहरुलाई देशसंग जोड्न नेपाली जनसम्पर्क समितिको परिकल्पना गरेका थिए। २०४६ सालको जनआन्दोलन पनि नेपाली कांग्रेसको सरकारले ल्याएको उदार नीतिका कारण नेपालीहरुको विश्वश्रम बजारमा पहुँच पुगेको हो।
नेपाली कांग्रेसका हजारौं कार्यकर्ता र लाखौँ नेपाली जनता नेपालमा भएको तत्कालिन तथाकथित जनयुद्धका कारणले विदेशमा विस्थापित भए। तर देश छोडे पनि आफ्नो आस्थाको केन्द्र बिन्दुमा रहेको नेपाली कांग्रेस र नेपाल देश छोड्न सकेनन। विकल्पमा नेपाली जनसम्पर्क समिति जापानबाट सुरुवात गरे। अनि अहिले सोहि समिति मार्फत पार्टीमा सकृय छन्। उनीहरुले देशमा नेपाली कांग्रेसको उज्वल भविष्य हेर्न चाहेका छन्। पार्टी बलियो होस् भन्ने चाहान राख्छन्। विदेशको बसाईकै क्रममा हजारौं नेपालीहरुले वाध्यता वा स्वइच्छाले विदेशी नागरिकता प्राप्त गरेका पनि छन्। तर उनीहरुको नेपाल र नेपाली अनि राजनैतिक आस्थामा कुनै कमि आएको छैन।
हजारौंको संख्यामा नेपालीहरुले विदेशी नागरिकता लिएपछि उनीहरुलाई पनि राष्ट्र निमार्णमा जोड्न नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको परिकल्पना गरेको छ। तर नेपालीहरुलाई विश्वबजारमा ढोका खोल्ने पार्टी नेपाली कांग्रेसको पार्टीको विधानले गैरआवासीय नेपालीको नागरिकतालाई अस्वीकार गरेको देखिन्छ। नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेश्नलको समेत सदस्य हो। पार्टीका सभापति शेर बहादुर देउवा आफै सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष भएको नाताले विदेशमा रहेका जाहे गैरआवासीय नेपाली हुन् वा विदेशी नागरिक सबैलाई समेटर लैजाने उहाँको कर्तव्य हो। त्यसैले विदेशी नागरिकता लिएको भन्दै आफ्ना कार्यकर्तालाई सकृय सदस्यताबाट बन्चित गर्नु पूर्ण रुपमा अन्यायपूर्ण हो। पार्टीले छिट्नै न्यायको बाटो खोल्नु पर्छ।
पार्टीको सकृय सदस्यता प्राप्त गर्न विदेशमा भए पनि अनिवार्य नेपाली नागरिकता हुने पर्ने व्यवस्था गरेको छ। त्यसले विदेशमा बस्ने लोकतन्त्रवादीलाई पार्टी संजालबाट बाहिरीने बिधि बनाएको निश्चित नै छ। पार्टीको पछिल्लो नियमावली र केन्द्रिय परिपत्रले गत १३ औं महाधिवेशनमा भाग लिएका झण्डै १५ हजार सकृय सदस्यहरु मध्य अब १/२ हजार मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन्। यो व्यवस्थाले दसौं हजार सकृय सदस्यहरु पार्टी पहुँच भन्दा बाहिर रहने छन्।
नेपाली जनसम्पर्क समितिका सन्दर्भमा आएको पछिल्लो नियमाबली संसोधन बिना विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिबेशन सम्पन्न गर्न असम्भवनै रहेको छ।
नेपाली काँग्रेसका हजारौ कार्यकर्ता र दशौं हजार सदस्यहरु नेपाली काँगेसको कृयाशिल सदस्यता नबिकरण गर्न र नयाँ लिनबाट बन्चित हुने गरि सार्वजनिक गरिएको नेपाली काँगेसको नियमाबली संसोधन बाहेक अन्य कुनै विकल्प छैन् ।
नेपालमा रहदाँ वा प्रबासमा रहदाँ होस लोकतन्त्र र नेपाली काँगेसको लागी अमुल्य योगदान गरेको समुह अहिले डायस्पोरामा छ। विगतमा भएका महाधिवेशनमा पार्टीले ठूलो आर्थिक लाभसमेत प्राप्त गर्दै आएको छ ।
नेपाली काँगेसको १३ औ महाधिबेशनको निर्बाचन परिणाम र प्रबास शाखाबाट प्राप्त मतको आधारतय गरेर आगामी १४ औं महाधिबेशनलाई मुख्य केन्द्रबिन्दु बनाएर अघि सारिएको पार्टी नियमावली खारेजी हुनु पर्ने अधिकांश सदस्यहरुको चाहाना छ । पछिल्लो निर्णय पहिलो पुस्ता मात्र होइन नयाँ पुस्तालाई पार्टीको मुलधारबाट बाहिर पार्ने छ। पार्टीले गैरवासीय नेपाली संघको एक पल्टको नेपाली सधैको नेपाली भन्ने मुल मर्मलाई अंगिकार गरेको देखिदैन् ।
आजको डायस्पोरालाई मात्र नहेरेर आजका दश बर्ष पछि हाम्रा सन्ततिहरुलाई (दोस्रो पुस्ता) नेपालसंग कसरी जोड्ने चिन्ता र चासो एकातिर सबैको छ भने एक दशक पछि पार्टीले तय गरेको हालको मापदन्ड पुरा गरेर विदेशमा नेपाली जनसम्पर्क समितिको अस्तित्त रहला भन्न सकिन्न ।
नेपाली काँगेसले हालै सम्पन्न केन्द्रिय समितिको वैठकले बिधानमा भएका केहि धाराहरुलाई आगामी १४ औ महाधिवेशनमा छलफल गर्ने गरि निलम्बन गरेको छ। नेपाली जनसंपर्क समितिको गठन र पार्टीको महाधिबेशनमा गर्ने प्रतिनीधित्वका बिषयमा पार्टीको १४ औ महाधिबेशनमा छलफल गर्ने गरि आगामी बैठक मार्फत सो धारा निलम्बन गरि जनसंपर्क समितिहरुले महाधिबेशनमा स्वभाबिक रुपमा सहभागिताको ग्यारेन्टी नभए सम्म कांग्रेस महाधिवेशनकै औचित्य माथि प्रश्न उठ्न सक्छ ।
विदेशमा रहेका १५ हजार सकृय सदस्यलाई बाहिर राखेर गरिने महाधिवेशनले कांग्रेसले कांग्रेसलाई जोड्न सक्दैन् बरु पार्टी कार्यकर्ता पलायन हुने खतरा बढ्छ र डायसपोरामा नेपाली कांग्रेसको संजाल समाप्तै भएर जाने छ । त्यसैले नेपालको संविधानको धारा १४ मा भएको गैरआवासीय नेपाली नागरिकताको अस्थित्वलाई पार्टीले स्वीकार गर्दै विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई पार्टीका मुलधारमा जोड्न ढिला गर्नु हुदैन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!