-नेपाल अमेरिका पत्रकार संघ-नेजाको अधिवेशन तयारी अन्तिम चरणमा

नेपाल अमेरिका पत्रकार संघ-नेजाको अधिवेशन तयारी अन्तिम चरणमा

Hollywood Khabar July 19,2021 Comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साँतौं अधिवेशन तथा १४ औं साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ। भर्जिनियामा जुलाई २४ र २५ , २०२१ मा हुने संघको अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल आउनुहुने भएको छ ।

त्यसैगरी पत्रकार महासंघ तथा प्रेस काउन्सीलका पूर्व अध्यक्ष हरीहर बिरही पनि अधिवेशनको उद्घाटनमा सहभागि हुनुहुनेछ । त्यस्तै, महामहिम राजदुत डा. युवराज खतिवडा, मेरिल्याण्ड हाउस अफ स्टेटका डेलिगेट्स ह्यारी भण्डारी, एनआरएनए आइसिसी तथा एनसिसी युएसएका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको अधिवेशनमा सहभागिता रहनेछ।

संघको अधिवेशनमा संघका संस्थापकहरुको पनि उपस्थिति रहनेछ भने उत्तर अमेरिकामा रहनुभएका संघका सदस्यहरुको जमघट हुनेछ । संघकी डिसी मेट्रो क्षेत्रका संयोजक तथा व्यवस्थापन समिति संयोजक लिला ओझाका अनुसार अधिवेशन लक्षित तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनमा आउनुहुने पत्रकारहरुलाई केही आवश्यक परे सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ।

सुरज भण्डारी

सचिव

नेपाल अमेरिका पत्रकार संघ(नेजा)

१९ जुलाई, २०२१