नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले फेबु्रअरी २३ आउँदो आइतवार न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ। न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने संघको अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो ।
पत्रकार र समुदायका अभियन्ताका बीचमा गरिने अन्तरक्रियात्मक भेलामा न्यूयोर्क आसपास क्षेत्रका समुदायका अभियन्ता तथा पत्रकारहरुलाई उपस्थित हुन संघकी उत्तर पूर्व क्षेत्र संयोजक तथा अधिवेशन आयोजक समिति संयोजक कल्पना घिमिरेले आग्रह गर्नुभएको छ। कार्यक्रम आइतवार साँझ न्यूयोर्क ज्याक्सन हाइट रुसभेल्ट एभिन्यूमा रहेको भान्छा घर–२ मा हुनेछ ।
सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण सभालाई मध्यनजर गरी नेजाले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ। अधिवेशन लक्षित तयारी समेत अघि बढाइएको छ। सदस्यता वितरण तथा नविकरणको कामलाई तिव्रता दिइएको छ ।
सुरज भण्डारी
सचिव
नेपाल अमेरिका पत्रकार संघ
२ फेब्रुअरी, २०२०
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!