-नेकपा एमाले समाजवादी पुनर्गठन भएको हो, छुटेकाहरु सम्मेलनबाट थपिने

नेकपा एमाले समाजवादी पुनर्गठन भएको हो, छुटेकाहरु सम्मेलनबाट थपिने

Hollywood Khabar August 19,2021 Comments

आफ्नो नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी एमाले समाजवादी नेकपा एमालेबाट पुनर्गठन गरिएको हो छुटेकाहरु दर्ता प्रकृया सम्पन्न भएपछि आयोजित राष्ट्रिय भेलाबाट पुर्णता दिने कुरा अध्यक्ष माधव कुमार नेपालले बताएका छन्। उनले सो कुरा फेसबुकमा सो कुराको बिस्तृत रुपमा लेखेका छन्।

उनको स्टाटस:

एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले) को पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छौं। नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।

हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पु-याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ।

हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ।