तस्बिर साभार वेब

नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिए 

Hollywood Khabar January 22,2020 Comments


१०माघ,काठमाडौं ।विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका नेपाल एअरलाइन्समा पाइलटहरुले  विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै  तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै   व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको भन्दै उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउने भन्ने विकल्प दिएका छन् ।