-नेपाल भारत सीमा स्तम्भ

नेपाल र भारत सीमा स्तम्भको डाटाबेस तयार 

Hollywood Khabar November 15,2019 Comments

१मंसिर,काठमाडौं।नेपाल र भारतको सीमाका प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ ।प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ नापी  विभागसँग रहेको विभागका महानिर्देशक प्रकाश जोशीले बताए ।महानिर्देशक जोशीले  नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा पिलर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने बताए ।

दुई देशको सीमा कार्यदल समूहले सन् २०१४ पछि सुस्ता र कालापानीबाहेकको क्षेत्रमा रहेका जम्मा आठ हजार ५५३ वटा पिलरको लगत लिने काम गरिरहेको छ । सन् २०१९ सम्म सम्पूर्ण पिलरको लगत लिने काम सम्पन्न गर्न समयसीमा तोकिएकोमा यस समय सीमासम्म काम नसकिने हुँदा  सन् २०२१÷२२ सम्मका लागि समयसीमा तोकि काम सकेपछि आफ्ना÷आफ्ना सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।