-डक उद्घाटन गरेको विषय नेपालको सार्वभौमिकतामा प्रहार

डक उद्घाटन गरेको विषय नेपालको सार्वभौमिकतामा प्रहार

Hollywood Khabar May 09,2020 Comments

नेपालको पश्चीमी सीमा जिल्ला दार्चुलाको ब्यास गाउपालिकाको लिपुलेक हुँदै चिनको तिब्बत जोड्ने सडक भारतले उद्घाटन गरेको विषय नेपालको सार्वभौमिकतामा प्रहार गर्ने उक्त कदमको युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC निन्दा गर्दछ।

भारतले एकतर्फी रुपमा ६ महिना अघि जारी गरेको नक्सा स्विकार्यताको विषय नटुङिदै नेपालको जमीनमा १९ किमी सडक बनेको छ र त्यस भुमीलाई आफ्नो दावी गरी सकेको छ।

भारत र चिनबिच लिपुलेकपास हुँदै ब्यापारिक र धार्मिक मार्गको निर्णय र निर्माणमा नेपालको कुनै भूमिका नहुनु र नेपाल सरकारका निकायहरुले आफ्नो भुभागमा वर्षौं देखि बिदेशीले सडक निर्माण गरी रहेको विषय थाहा नपाउनु वा सार्वजनिक नगरिनुमा मुलत सरकारकै लाचारी देखिन्छ। भारतले उसबाट गरेका गल्ती सच्याउन लगाउने किसिमले नेपालले कुटनितिक पहलकदमी लिन नेपाल सरकार संग युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC आव्हान गर्दछ।

वर्षौ देखि पटकपटक सीमा र नेपाललाई मर्का पार्ने काम भारततर्फबाट भए गरेका जती पनि नयाँ पुराना सबै विषय टुङ्याउने ढंगले नेपालको सरकारले प्राथमिकतामा राख्न पनि युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC आग्रह गर्दछ।

सचिव: सुमन पराजुली पीएचडी

अध्यक्ष: राजन पन्त, पीएचडी कार्यकारी