शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल

नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने−शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल

Hollywood Khabar February 23,2020 Comments

१२ फागुन काठमाण्डौं।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताउनु भएको छ। भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालले कुटनीतिक पहलबाट समस्याको समाधान गर्न पहल गरिरहेका बेला शिक्षा मन्त्रीले विद्यालयको पठनपाठनमा पनि सही नक्साको प्रयोग गर्न आग्रह गर्नुभएको हो।   

उहाँले बालबालिकाको न्यूनतम गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारीको अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै विद्यालयहरु आपसमा गाभेर गुणस्तरमा ध्यान दिन आग्रह गर्नु भयो।मन्त्री पोखरेलले भन्नुभयो,'निजी विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जितेको छ तर नाफामुखी नभइ लोककल्याणकारी ढङ्गले चल्नु पर्छ।समाजवाद उन्मुख संविधानको भावना अनुसार सामुदायिक विद्यालय गुणस्तर वृद्धिमा लाग्नुपर्छ।'उहाँले राष्ट्रिय शिक्षा नीति २०७६ मा आधारित रही विद्यालय शिक्षा,प्राविधिक शिक्षा र उच्च शिक्षाको छाता ऐनको तयारी भएकाले त्यसको निर्माणका क्रममा सरोकार भएकाहरुसँग निरन्तर छलफल गरिने विश्वास दिलाउनुभयो।