-Dharmindra Dally Shah

नेपालका ट्राफिक प्रहरीहरुको सेवाबारे ओझेलमा परेका कुरा

Hollywood Khabar August 06,2021 Comments

डल्ली शाह, अगष्ट ६, २०२१

साच्चै छातीमा हात राखेर सोचौ न त। के ट्राफिक प्रहरीले सडकमा ८ घण्टा गरेको डिउटी तलब पुरा गर्नको लागि मात्र हो ? समाजमा उनिहरुको अरु योग्दान छ या छैन? उनिहरु यात्रुको बाधक हुन या अपराधका? यस्ता दर्जनौं प्रश्नहरु हाम्रा सामु छन्।

ट्राफिक प्रहरीमा जागिर खाएका सबै अर्को ग्रहबाट झरेका पक्कै होईनन। तपाई हाम्रै दाजुबहिनी साथिभाई ईष्टमित्र यस्तै यस्तै भित्र मध्येका कोही हुन। १८ बर्ष नपुगेसम्म तपाई हामीसंगै पारिवारिक वातावरणमा रमाएका उनिहरुले उच्च सोचकासाथ ज्यानलाई खुकुरीको धारमा राखेर राष्ट्रलाई योग्दान गर्न फरक पेशा अपनाएका मात्र हुन।

यस्तो भन्दा हाम्रो योग्दा छैन त भन्ने लाग्ला, पक्कै छ, सबैको योग्दान छ। हरेक नागरिकले आफ्नो ठाउबाट राष्ट्र र राष्ट्रीयताको लागि केही न केही पक्कै गरेका छौ। भन्न खोजेको यतिमात्र हो कानुनसम्मत हुने कुरामा एकले अर्कोलाई बाधा होईन साथ दिऔ, सभ्य र सुरक्षित समाजको निर्माण गरौ।

सडक दुर्घटनामा दोषी को ? सभ्य र शिक्षित नागरिक हुनुको नाताले तपाई आफै मनन गर्नुहोस। सडकमा आन्दोलन कसले गरको छ, ट्राफिक जाम कसरी हुन्छ अनि त्यो सबैको गाली ट्राफिक प्रहरीलाई पर्छ। पानी पर्छ, उपयुक्त ढलनिकास हुदैन, बाटोमा पानी जमेर बाटो अबरुद्ध हुन्छ। जाम हुन्छ अनि गाली चाहिं साइडमा उभिएको ट्राफिकलाई।

नो पार्किङ्ग लेखेको ठाउमा पार्किंङ्ग गर्ने तपाई आफैं, चिटकाटे गाली टार्फिकलाई, स्पिड लिमिट लेखेको ठाउँमा ओभर स्पिडमा बाईक/स्कुटी, गाडी हुईकाएर दुर्घटनामा पर्ने तपाई अनि गाली टार्फिकलाई। लाईसेन्स नबनाई सवारीसाधान चलाउने तपाई अनि चलाउनदिने तपाईको अभिभावक सडक दुर्घटनामा परे गाली ट्राफिकलाई। यतिमात्र होईन सडक दुर्घटनामा कमि ल्याउन बाटोमा चेकिङ्ग गरे बेकारमा दु:ख दिएको आरोप लगाउन पछि पर्दैनौ हामी।अधिकारको नाममा नागरिकले आफुले निभाउन पर्ने कर्तव्य त भुलिरहेका छैनौ?

सधैँ ट्राफिकले दुख दिएको देख्ने आखाँ र दुख महसुस गर्ने मनले किन कहिल्यै ट्राफिक प्रहरीका दुख देखन सक्दैनन? ट्राफिक प्रहरीका पिडा महसुस गर्न सक्दैनन? दैनिक ६/७ घण्टा अफिसमा बसेर काम गर्दा तपाई थाक्नुहुन्छ । काम गर्न मन नलागे यसो एक आधिघण्टा छोडेर बाहिर गफ गरेर बसे हुन्छ। तर ट्राफिकलाई त्यो छुट छैन। ट्राफिक पनि तपाई हामी जस्तै मानिस हुन। ८/९ घण्टा सडकमा उभिएर दैनिक काम गर्दा कति थकाई लाग्छ होला?

तपाइले उनीहरुलाई कहिल्यै उनिहरुलाई धन्यवाद दिनु भयो? कतै देख्नु भएको छ, सडकमा ट्राफिको लागि ट्वाईलेटको ब्यवस्था, पिउने पानीको ब्यवस्था, खाजाको ब्यवस्था कही कतै छ त? तपाई जस्तै थकाई लाग्छ, भोक लाग्छ, तिर्खा लाग्छ, ट्वाईलेट लाग्छ होला नि। अनि आफन्त र परिवारको याद आउछ होला तर सबै कुरा बिर्सिएर तपाई सुरक्षाको लागि २४ घण्टा तयार हुनेका लागि २ बचन राम्रो बोल्न र ४ मिनेट सकारात्मक सोच्न नहुने हो र?

यति लेख्दा यो भन्न खोजेको होईन १००% ट्राफिस सहि छन होला। कहि कतै गलत पनि छन र गल्ति पनि भएका होलान। त्यसको सुनुवाईका लागि माथिल्ला निकाय छन। कार्बाहीको ब्यवस्था पनि छ। कानुनी बाटो अपनाऔ। किनकी संगठनलाई आक्षेप लगाउने र गलत सावित गर्न नखोजौ। ब्यक्तीको गल्तिलाई सजाएको भागेदार पनि ब्यक्तीलाई नै बनाऔ। मनोबल गिराउन होईन उच्च साहसकासाथ सडकमा ट्राफिक प्रहरीलाई काम गर्ने वातावरण सृजना गर्नु सभ्य र शिक्षीत नागरिकको पहिचान हो भन्ने कुरा आम नागरिकले नभुलौ। यति नभुले सडकमा ट्राफिक बाधक बनेको महसुस गर्न पर्दैन भन्ने मेरो विश्वास छ।