https://www.youtube.com/embed/oegn-0xx7WM

-नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

Hollywood Khabar August 07,2021 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट ७, २०२१

नेपाली राजदूतावास वासिङ्गटन डिसीद्वारा घुम्ती कन्सुलर सेवा प्रदान गर्ने क्रममा अगष्ट ७-८, २०२१ मा वासिङ्गटन स्टेटको सियाटलमा सेवा संचालन हुँदैछ। दूतावासबाट दिने सेवाहरु बिशेष गरेर पश्चिम क्षेत्रमा बढी आवश्यक भएकाले थप सेवा सहित यो पटक बिशेष घुम्ती सेवा संचालन गरिएको हो।

यसका साथै अगष्ट ७, २०२१ ब्रेनगेन कार्यक्रम समेत सम्पन्न गरिएको छ। पहिलो पटक आयोजित यो ब्रेनग्रेन कार्यक्रम महावाणिज्यदूत एसी शेर्पाको आयोजनामा सम्पन्न भएको हो।यसपूर्व महावाणिज्यदूत शेर्पाले बिजनेश कोलाबरेशन कार्यक्रमको आयोजना गर्नुभएको थियो।

ब्रेनग्रेन कार्यक्रम आयोजनक संयोजक मिङ्ग्मार तामाङ्गको प्रस्तुतिबाट सुरु भएको थियो। मिस यूनिभर्श नेपालीकी नग्मा श्रेष्ठ, डा आर्या रजौरियाले पनि आफ्नो भनाइ राख्नु भएको थियो।

नेपाल डेभ्लपमेन्ट फण्डका सिइओ अनलराज भट्टराइले Nepal Development Fund बारे बिस्तृत रुपमा प्रस्तुति दिनुभयो। त्यसैगरी नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले हिमाली र अन्य क्षेत्रभन्दा पनि मध्ये पहाडी क्षेत्रको पर्यटन बिकासमा जोड दिएको कुरा बताउनुभयो।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष, वर्तमान प्रमुख संरक्षक तथा संघका पोलिसी इन्स्टिच्यूटका अध्यक्ष डा शेष घलेले आफ्ना प्रस्तुति दिनुभएको थियो।

नेपाली ग्लामर फिल्डमा समेत चर्चा कमाएकी हृचा थापा मगरले संचालन गर्नुभएको कार्यक्रमलाइ हलिउडखबरको संयोजनमा hollywoodkhabar.com, Radio Sanjiwani, rightnepal.com, brtnepal.com, osnepal.com, nepalsansar.com, mteverest tv canada, nepalesediaspora.com, nrnaglobalnetwork, rupantaran.com लगायत दर्जन भन्दा धेरै मिडियाबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

कार्यक्रमको

फेसबुक लाइभ लिंक:

https://fb.watch/7fEb_zAdrn/

 

यूट्यूब लिंक:

https://www.youtube.com/watch?v=oegn-0xx7WM