-नेपाली कांग्रेस पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा

बल्ल बोल्यो काँग्रेस:डा गोविन्द केसीको जीवनरक्षा गर्दै जायज मागहरु पूरा गर सरकार

Hollywood Khabar September 18,2020 Comments

डा गोविन्द केसी नेपालको स्वास्थ्य, जनस्वास्थ्य त्यसमा पनि स्वास्थ्य क्षेत्रको शैक्षिक सुधारको माग राख्दै अनशन बस्दै आएका छन्।

यो पटक जुम्ला पुगेर एक मन्दिरमा अनशन बस्दै आएका डा गोविन्द केसीको जीवनरक्षा गर्दै जायज मागहरु पूरा गर्न नेपाली कांग्रेसले सरकारलाई माग गरेको छ। उनको अनसनको करिब एक साता पुग्न लाग्दै गर्दा नेपाली कांग्रेस पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति मार्फत सो आग्रह गरेका हुन्।

गत २०७५ साउन १० गते नेपाल सरकार र डा केसीसँगको सम्झौता सरकारले उल्लंघन गरेको छ। यो पटक डा केसीले कर्णाली क्षेत्रको स्वास्थ शिक्षाको बिषय उठाएका छन्। सो बिषयलाइ गंभिरताकासाथ् हेर्न नेपाली काँग्रेसले प्रदेश सरकार र संघिय सरकार दुवैलाई आग्रह गरेको छ।