-पत्रकार महासंघ बेलायतको निर्वाचनमा धाँधली भएको भन्दै उजुरी:प्रेस युनियनद्वारा बहिस्कार

पत्रकार महासंघ बेलायतको निर्वाचनमा धाँधली भएको भन्दै उजुरी:प्रेस युनियनद्वारा बहिस्कार

Hollywood Khabar June 13,2021 Comments

लण्डन, जुन १३, २०२१

नेपाल पत्रकार महासंघ बेलायतको सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेको छ। नेपाल प्रेस युनियन बेलायत सम्बद्ध लगायतका पत्रकारहरुले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै उजुरी गरेका हुन्।पिडितको तर्फबाट भन्दै गरिएको उजुरीमा निर्वाचन समितिका सदस्यहरुमाथि गम्भीर आरोप छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष, महासचिब लगायत केन्द्रीय समितिलाइ समेत पठाईएको उजुरीमा निर्वाचन समितिका सदस्यद्वय तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र पुर्व अध्यक्ष चिरन शर्माले समितिको आचार संहिता उल्लघंन गरि उम्मेदवारलाई भोट माग्ने, धम्क्याउने गरेको उजुरी प्रेस युनियनका आवद्ध नेपाल पत्रकार महासंघ बेलायत शाखाका मतदाताले गरेको उल्लेख छ।

उजुरीमा भनिएको छ -"बेलायतमै बस्नु पर्ने र उनीहरु सँगै मिलेर काम गर्नु पर्ने कारणले खुलेर बोल्न डराएको अवस्थामा निर्वाचन प्रक्रियामा भएका धाँधलीको बारेमा नेपाल पत्रकार महासंघ केन्द्रलाई जानकारी गराउन तथा निष्पक्ष छानविन गराउन यहाँहरुको ध्यानाकषर्ण गराउँछु । केन्द्रिय छानविन समिति गठन गरि निर्वाचन सदस्यद्वय पोखरेल र शर्माको कल डिटेल लिएर छानविनको दायरामा ल्याउँन माग गर्दछौ।

उजुरीको पूर्णपाठ :

मिति : १३ जुन २०२१

श्री भगीरथ योगी

केन्द्रीय निर्वाचन प्रतिनिधि

नेपाल पत्रकार महासंघ बेलायत

निर्वाचन संयोजक तथा सदस्यहरु

नेपाल पत्रकार महासंघ बेलायत

निर्वाचन समिति २०२१

बिषय: पोस्टल भोटिङमा भएको धाँधलीको निष्पक्ष छानविन गर्न माग

महोदय,

नेपाल पत्रकार महासंघ बेलायत शाखाको पोस्टल भोटिङको विश्वानीयताका बारेमा नेपाल प्रेस युनियन युकेले प्रश्न उठाउदै आएको थियो । पत्रकार महासंघ बेलायत शाखाले गठन गरेको निर्वाचन समितिले जर्वजस्ति पोस्टल भोटिङमा लैजाने निर्णय गरेपछि गत मे ९ को कार्यसमितिको निर्णय विपरित भएको भन्दै युनियनले विज्ञप्ती निकाल्दै आपत्ति जनाएको सर्वविदितै छ।

निर्वाचन समितिका सदस्यद्वय तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र पुर्व अध्यक्ष चिरन शर्माले समितिको आचार संहिता उल्लघंन गरि उम्मेदवारलाई भोट माग्ने, धम्क्याउने गरेको उजुरी प्रेस युनियनका आवद्ध नेपाल पत्रकार महासंघ बेलायत शाखाका मतदाताले गरेका छन । बेलायतमै बस्नु पर्ने र उनीहरु सँगै मिलेर काम गर्नु पर्ने कारणले खुलेर बोल्न डराएको अवस्थामा निर्वाचन प्रक्रियामा भएका धाँधलीको बारेमा नेपाल पत्रकार महासंघ केन्द्रलाई जानकारी गराउन तथा निष्पक्ष छानविन गराउन यहाँहरुको ध्यानाकषर्ण गराउँछु ।

केन्द्रिय छानविन समिति गठन गरि निर्वाचन सदस्यद्वय पोखरेल र शर्माको कल डिटेल लिएर छानविनको दायरामा ल्याउँन माग गर्दछौ। विना छानविन मत गणना अघि बढाइएमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार यहाँहरु हुने चेतावनी दिन्छौ।

भवदीय,

पिडित मतदाताका तर्फबाट

विपिन निरौला

संस्थापक सदस्य तथा बर्तमान सल्लाहकार

अध्यक्ष, नेपाल प्रेस युनियन युके