-नयाँ वर्ष २०२० कार्यक्रममा सान फ्रान्सिस्कोका ४० भन्दा बढी कलाकारले प्रस्तुती दिदै

नयाँ वर्ष २०२० कार्यक्रममा सान फ्रान्सिस्कोका ४० भन्दा बढी कलाकारले प्रस्तुती दिदै

Hollywood Khabar December 17,2019 Comments

पवन पौडेल/१२/१८/१९

सबैका लागी मनोरन्जन मुल मर्मका साथ स्थापना गरिएको ईन्लाईभनिङ इन्टरटेन्मेन्ट नामक ग्रुपले सान फ्रान्सिस्को बे एरियामा पहिलो पटक एकै स्टेजमा ४० भन्दा बढी स्थानिय कलाकारहरुले अङ्रेजी नयाँ बर्ष २०२० को पूर्व सन्ध्यामा बेजोड साङगितिक प्रस्तुतीको आयोजना गर्ने भएको छ ।

डिसेम्बर २८ को दिन ओकल्यान्ड मेट्रो ओपेराहाउसमा साँझ 6 बजे बाट सुरु हुने कार्यक्रममा २२ वटा फरक फरक प्रस्तुतीहरु रहनेछन जसमा बिबिधताले भरिएको नृत्य, गायन, र्‍याप संगित र ब्यान्डको प्रस्तुती हुनेछ । पहिले हुने गरेका साङगितिक कार्यक्रमभन्दा फरक यस अर्थमा पनि छ कि सबै उमेर समुहका लागि सुहाउदो प्रस्तुतीहरु रहनेछन।

यो ईन्लाईभनिङ इन्टरटेन्मेन्टको यो सुरुवाती कार्यक्रम हो। उस्तै उमेर समुहका युवा साथीहरु मिलेर स्थापना गरिएको यो समुहले आगामी दिनहरुमा बे एरियामा हुने सान्स्कृतिक तथा साङगितिक प्रस्तुतीका लागी आफ्नो पहिचान बनाउने विश्वाश लिएको छ। कार्यक्रम तयारी र अभ्यासमा बिगत तीन महिनादेखी कलाकारहरु दिलोज्यानले लागि पारीरहेका छन । कलाकार बिचको सहकार्य,एकता र टिमवोर्क प्रसंसनिय रहेको कुरा आयोजक समुहकी संस्था संस्थापक अस्मिता फुयालले बाताइन ।

अश्मिता थप्छिन-हामी जहिले पनि युवा पुस्ताको क्षमाता माथि धेरै बहस गर्ने गर्छौ तर हामीले युवा साथीहरुको क्षमाता प्रस्तुतीको लागि अवसरहरु सृजना गर्ने कुरामा कम नै कुरा गर्छौ त्यसैले पनि यो कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम आयोजनाको नेत्रित्व गरिरहेकी अर्की सदस्य प्रार्थना कार्की भन्छिन इष्ट बे देखी साउथ बे एरियाका ४२ जना भन्दा बढी कलाकारले एकै स्टेजमा आफ्नो-आफ्नो प्रस्तुती दिनु आँफैमा नयाँ कुरा पहिलो पटक हुँदैछ त्यसैले हामी हाम्रो अभिभावक र अग्रजबाट साथ समर्थन, प्रेरणा र सहभागीता बिना कार्यक्रम अपुरो हुने हुँदा ब्यपाक सहभागीताको उच्च अपेक्ष्या गर्दछौ ।

कार्यक्रमलाई सफल बनाउनको लागि आयोजक समुह स्थानिय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको साथ सहयोग र सुझाबको लागि हार्दिक अपिल पनि गर्दछ।

कार्यक्रम हुने स्थान- ओकल्यान्ड मेट्रो ओपेराहाउस

समय: ६बजे देखी २ बजे सम्म

मिती: डिसेम्बर २८ तरिक २०१९

प्रबेश सुल्क: $१० मात्र