जनसम्पर्क समिती अमेरिकाको अधिवेशन २०१८ को जुलाई अगष्ट तिर हुने

Hollywood Khabar January 01,2018 Comments

कृष्ण के सी/अमेरिका
तीन बर्षको पदावधि समाप्त भैसक्यो। नेपाली जनसम्पर्क समिती अमेरिकाको अधिवेशन २०१७ को अन्ततिर सम्म गरिसक्नु पर्नेथियो। तर अधिवेशन भएको छैन र यसको तिथिमिति जुरेको छैन मात्र होइन यस बिषयमा कुनै निर्णय भएको छैन।
प्राय विवादमा रहने समिती ठीक एकवर्ष पहिला टेक्सासमा भएको एकताको बैठकको घोषणा पश्चात एकहद सम्म मथ्थर भएर गयो। यसैको कारण आफ्नो स्थापनाको एक दशक सम्म गर्न नसकेको पहलो साधारण सभा पनि सम्पन्न भयो। हुनत सो सभालाइ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तर्फका एउटा लुर्कन बिरोध र बहिस्कार मात्र होइन समानान्तर सभाको प्रयासले पनि केही गर्न सकेन।अन्तत त्यो लुर्कन अधिवेशनबाट बाहिरिए।
अधिवेशनका संबन्धमा समितीका सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङ्ग दुबैले अधिवेशन नियतवस ढिलो गरिएको होइन भन्नुभयो। नेपालमा भएको २० वर्ष पछिको पहिलो स्थानिय निकायको चुनाव र प्रदेश अनि प्रतिनिधिसभाको चुनाबले गर्दा अधिवेशनमा माउ पार्टी नेपाली काँग्रेसको व्यस्तता एउटा कारण रहनगयो। अर्को कुरा आफूहरु मध्य धेरैजना नेपालमा नै महिनौ सघाउन गएको कारणले गर्दा पनि अधिवेशन समयमा हुन नसकेको हो। अन्यथा समयमै गर्ने तयारी थियो।
अब के हुन्छ ?
छिट्टै बैठक बसेर अधिवेशन लगायत बाँकी रहेका थुप्रै कुराहरुको निर्णय हुनेछन। सभापति बिष्टले भन्नुभयो।
सभापति, बरिष्ठ उपसभापति, महासचिव महिनौ नेपाल बस्ने अनि नेपाली कांग्रेसको कृयासील सदस्यता तीन-तीन वर्ष सम्म पनि किन नदिएको ?
यस बिषयमा सभापति र महासचिव दुवैको एउटै जवाफ आयो। यो हाम्रो कुरा होइन पार्टीले विदेशका अर्थात जनसम्पर्क समितीका सबै कृयासील सदस्यता रोकेको छ दिएको छैन। प्रयास त गरिएको हो तर हुँदैछ भन्ने कुरा पार्टी सचिवले जवाफ दिएको बाहेक अरु कुनै ठोस उपलब्धि भएको भने उहाँहरुले दिनु भएन।
कहिले सम्म हुन्छ त अधिवेशन ?
सभापति बिष्टले भन्नुभयो, पार्टी सभापति शेर बहादुर देउबाले अब अधिवेशन गर्नु भन्ने कुरा गर्नुभएको छ। जनवरीको सुरुमै बैठक बसेर यस बिषयमा निर्णय गर्नुपर्छ। टेण्टेटिभ खाका त होला नि ?
बिष्टले भन्नुभयो, अप्रिल २०१८ तिर सम्म सम्पूर्ण च्याप्टरको अधिवेशन सकेर जुन देखि अगष्टको बीचमा केन्द्रको अधिवेशन गर्ने सोच हो। तर यसमा साथीहरुको सल्लाह, पार्टीका नेताहरुको समय, अनि हाम्रो बैठकको निर्णय सबै मिलाउनु पर्छ।