-एनआरएनए युरोप संयोजक नारायण आचार्य

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

Hollywood Khabar July 26,2021 Comments

श्रीमान अध्यक्ष ज्यू,

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

विषय:- अर्जेन्ट व्यवस्था गर्नु हुन ।

उपरोक्त विषयमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले ब्यवस्था गरेको MIS प्रणाली जुन उधेश्यका लागी सुरु गरिएको थियो त्यो अनुरूप प्रयोग नभई कतिपय ठाउँहरूमा चरम दुरूपयोग भएको पाइएको छ।

हाम्रो उद्देश्य भनेको समन्धीत व्यक्ति ले आफै स्वत स्फुर्त रूपमा सदस्य बनुन र बिगत का वर्षहरूमा देखियका बिक्रिति र विसंगति हरु को अन्त्यहोस भन्ने थियो तर अहिले पनि एकै ब्यक्ति ले धेरैका नाममा सदस्य बनाउने, एउटै व्यक्तिका नाम मा २-३ पटक सदस्य बनाउने र पछि निर्वाचन को केहि समय अगाडी इडिट गरि अर्कै नाम भर्ने कार्य गर्ने गरेका कैयौं प्रमाण हरु प्राप्त भएका छन्। यस्ता गतिविधीहरुले निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाब पारेकोछ।

अत:अधिवेसन (निर्वाचन) नभई सकेका एनसीसीहरुका कुनै पनि सदस्यहरूले निर्वाचन नसकिदासम्म आफ्नो व्यक्तिगत इन्फरमेसनलाई चेन्ज गर्न नसक्ने ब्यवस्था यथासिघ्र गर्नुहुन अनुरोध गर्दछु।

यदी हामीले यो ब्यवस्था मिलाउन सकेनौं भने निर्बाचन हुन बाँकी रहेका देशहरुमा स्वतन्त्र र निस्पक्ष निर्बाचन हुने कुरामा विस्वस्त हुन सक्ने अबस्था रहदैन। यही विषय ले यूरोप र यूरोप बाहीर का केहि देश मा समस्या उत्पन्न भैसकेको छ।

मैले यूरोप क्षेत्रको क्षेत्रीय संयोजक का हैसीयत ले महासचिब ज्यू लाई यूरोप क्षेत्रको सदस्यहरु को नाम लिष्ट को माग गरेको थिय तर दुःख को कुरा उहाँले उपलब्ध गराउन नसक्ने ईमेल पठाउनु भयो !

क्षेत्रीय संयोजकलाई नाम लिष्ट उपलब्ध नगराएता पनि हाल सम्म दर्ता भएका सदस्यहरुको नाम परिवर्तन हुँदैन भन्ने ग्यारेण्टी गर्ने प्रमाण कहाँ र को संग रहन्छ ? कृपया जानकारी गराईदिनु होला भन्ने अनुरोध गर्दछु।

साथै हरेक NCC मार्फत दर्ता भएका सदस्यहरुले चुनेको प्रतिनिधीले हाम्रो ICC को नेतृत्व छनोट गर्ने हो। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएको हुनाले NRNA को हरेक साधारण सदस्य नेपालको नियम र कानुनसंग जोडिएको हुन्छ।

अत: गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको विद्यान २००३ संसोधन २०२१ को परिक्षद ६ को २२.९.१ ले गरेको ब्यवस्था अन्तर्गत गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको यूरोप क्षेत्रको प्रमुखका हैसीयतले पुन एकपटक उक्त लिष्ट उपलब्ध गराउन अनुरोध गर्दछु।

यदी क्षेत्रीय संयोजकलाई उपलब्ध गराउन नमिल्ने भएको खन्डमा हाल दर्ता भएका सदस्यहरूको नाम NCC का अधिवेसनको पूर्वसन्ध्यामा परिवर्तन नहुने विश्वास र ग्यारेन्टीका लागी नेपाल सरकार परराष्ट्र मन्त्रालयमा पठाई दिनुहुन अनुरोध गर्दछु।

भबदिय,

नारायण आचार्य

संयोजक

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, यूरोप क्षेत्र