-एनआरएनए:अदालतले भन्यो, एनआरएनए अमेरिकाको चुनाव रोक्नु पर्दैन

एनआरएनए:अदालतले भन्यो, एनआरएनए अमेरिकाको चुनाव रोक्नु पर्दैन

Hollywood Khabar May 27,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि यहि मे २९ र ३० मा निर्वाचन हुँदैछ।

संघका अन्तराष्ट्रिय महासचिव डा हेमराज शर्माले अमेरिकाको निर्वाचन जसरी पनि रोक्ने प्रयासमा निरन्तर छन्। यो क्रममा उनले कहिले आउनेवाला बिधान मान्नैपर्ने भनेर इमेल पनि लेखे त कहिले के। पुरानो कार्यसमितिले आगामी अक्टुवरको लागि अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्नुपर्ने कुरा पनि गरे। २०१९ को सदस्यताको किचलो उछाले र अन्तमा पुगेर त्यसलाई छाडिदिए।

आसन्न निर्वाचनमा कृष्ण लामिछाने निश्चित रुपमा हार्ने देखिएपछि शर्मा एण्ड गुटले अदालतमा निवेदन गर्ने साल (सुर्य) लम्साललाइ अदालत पठाए। तर यो पटक लम्साल आफैं उम्मेदवार हुन आएका थिए। उनले आसन्न चुनाव रोक्न माग्दै टेनेसी अदालतमा निवेदन गरेका थिए।

अन्तमा, आज, मे २७, २०२१ मा भएको टेनेसी कोर्टको फैसलाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन नरोक्नु भन्ने आदेश दिएको छ। पछिल्लो ९ महिना सम्म निवेदकले बिषय नउठाएको तर चुनावको मुखमा गएर अन्याय भएको कुरा जाहेज भएन। चुनाव सुरु भएको हप्तौं केहि नहुने तर यो अन्तिम अवस्थामा निवेदकलाइ अन्याय भएको भन्ने कुरा अदालतले बदर गरेको छ। चुनाव नियमति समयमा नै हुने भएको छ।

यो मुद्धामा पनि संघ जितेको छ र सड्यन्त्र गर्नेहरु हारेका छन्। मुद्धाको किनारा भने जुन ४, २०२१ मा हुने भएको छ।

संबन्धित समाचर:

https://hollywoodkhabar.com/mahasachiw-sharma-nccusacourt