-एनआरएनए एनसीसी पोल्याण्डको अध्यक्षमा जीवन के सी निर्वाचित

एनआरएनए एनसीसी पोल्याण्डको अध्यक्षमा जीवन के सी निर्वाचित

Hollywood Khabar July 19,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) पोल्याण्डकोे जुलाई २०, २०२१ मा सोमबार भएको निर्वाचनमा अध्यक्षमा जीवन के सी निर्वाचित भएका छन्।

त्यसैगरी आइसीसी सदस्यमा गोपाल राईले २३५ मत ल्याएर विजयी भए भने टोप बहादुर गैरे क्षेत्रीले १११ मत प्राप्त गरे।

के सीले २१९ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मित्रलाल पार्दे १२८ मत प्राप्त गरेका छन। उपाध्यक्षमा कविन्द्र सुवेदीले २२२ मत प्राप्त गर्दै बिजयी, महासचिवमा पवन खड्का २०४ मतले बिजयी, सचिवमा कुलबहादुुर श्रेष्ठले २०५ मत, कोषाध्यक्षमा अनिल थापाले २२४ मत, युवा संयोजकमा विवेक पौडेलले २२७ मत ल्याएर बिजयी भए। कार्यसमिति सदस्यहरुमा झबिन्द्र गाहा २०४, विक्रम महर्जन, १८८, र भिमलाल उपाध्याय १८८ मत ल्याएर विजयी भए।

प्रथम उपाध्यक्षमा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल निर्विरोध चयन भएका थिए। ४८२ सदस्य संख्या रहेको एनआरएनए पोल्याण्डमा ३४९ जना मतदानमा सहभागि थिए।