-एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

Hollywood Khabar July 21,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको सदस्यता र चुनावीलाइ लिएर संघका महासचिव हेमराज शर्माको निर्देशनमा अति भएको छ। सदस्यता लिएका व्यक्तिहरु नै लिष्ट नदिने, मतदाताको लिष्ट सार्वजनिक नगर्ने, अन्य देशका व्यक्ति पनि सदस्य बनाउने जस्ता काम भएको आरोप आएका छन्। त्यहाँ महासचिव शर्माको निर्देशनमा नाङ्गो नाँच नाचिएको छ।उनिहरुले धेरै अनुनाबिनाया गरे तर पनि संघका अध्यक्ष कुमार पन्तको ध्यानाकर्षण भएको छैन।

यहाँ प्राप्त विज्ञप्ति जस्ताको तेस्तै-

प्रेष विज्ञप्ति

 

मिति:-२१ जुलाई २०२१

आदरणीय पत्रकार ज्युहरु;

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी ज्युहरु ।

आई सिसि संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, मानार्थ ज्युहरु, आईसिसी सदस्य ज्युहरु साथै क्षेत्रीय संयोजक उपसंयोजक युवा संयोजक एवं महिला संयोजक ज्युहरु। देश बिदेशमा रहनु भएका गरै आवासीय नेपाली संघलाई माया गर्नु हुने विभिन्न पेशा व्यावसाय संग आवद्ध दिदिबहिनी एवं दाजुभाइहरु। साथै विश्वका ८० भन्दा बढी देशमा संस्थागत रुपमा गठन भएका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सबै पदाधिकारी ज्युहरु र कार्यसमिति सदस्य ज्युहरु।

गैरआवासीय नेपाली संघ बहराईनको आठौं अधिवेशन सम्बन्धमा पंजिकृत सदस्य निर्माणका प्रारम्भिक दिन देखि नै उत्पन्न असमझदारी र एकलौटी निर्णय प्रती हामीले यथेष्ट ध्यानाकर्षण गराउदै विधि र पद्धति भन्दा बाहिर नगई अगाडि बढ्न अनुरोध गरे पनि पुरै वेवास्ता गरि पछिल्लो समयमा आएर मनोनयन दर्ता र मनोनयन दावी विरोधमा झन अगाडि सरेर जुन ढंगको नाङ्गोनाच देखाईयो यस प्रती पनि हाम्रो बिरोध र असमझदारी हुँदा हुँदै पनि हामीबाट समझदारी खोज्ने विभिन्न प्रयासहरु भएका कुरा विभिन्न संचार माध्यमबाट र सामाजिक संजालबाट यहाँहरु लाई जानकारी नै भएको छ।

यस सन्दर्भमा हामीले पटक पटक क्षेत्रीय संयोजक ज्यु र केन्द्रिय पदाधिकारी ज्युहरुलाई पनि पत्राचार गर्दा समेत हाम्रो आवाजलाई पुर्ण बेवास्ता गरिएको साथै हाम्रो सान्दर्भिक गुनासोहरु प्रती सामान्य छ्लफल समेत गराउने चेष्टा नगर्नु भनेको क्षेत्रीय देखि केन्द्र सम्म नै यस्ता गलत गतिविधिहरुको संरक्षणमा तथा मलजल गरेका छ्न भन्ने अनुमान लाई सहज बनाएको छ।

अनुभव विहिन व्यक्तिहरुलाई निर्वाचन समितिमा राखी एकलौटी ढंगले आफू अनुकुल निर्णय गरि निर्वाचन समितिलाई प्रभाव र दवावमा पारी आफ्नो पक्षका अधिकांश उम्मेदवारहरुलाई निर्विरोध गराउने मनसायले अन्य उम्मेदवारहरु उपर दावी बिरोध गर्न लगाई निर्वाचन समितिले कुनै छानबिन बिनै अधिकांश उम्मेदवारहरुको उम्मेदवारी खारेज गरि निर्विरोध निर्वाचित गराईएको उदाहरणहरु हामी संग सुरक्षीत छ्न।

बहराईन NCC आठौं अधिवेशन निर्वाचन समितिले निर्वाचन सम्बन्धि न्युनतम मापदण्ड समेत ख्याल नगरी पेलेर नै जाने लैजाने गुप्त योजना अनुसार बहराईनमा मिलेर बसेको नेपाली समाजमा विखण्डन ल्याई नेपाली समाजमा द्वन्द बढाएको हाम्रो ठहर छ।

गैर आवासीय नेपाली संघ जस्तो पवित्र संस्था भित्र यस्ता किसिमको घृणित कृयाकलाप हुँदै गर्दा ICC पदाधिकारी ज्युहरु पटक पटक पत्राचार गर्दा पनि केन्द्रिय पदाधिकारी ज्युहरु मुकदर्शक भएको अवस्था झन रहस्यमय छ।

बहराईनले आठौं अधिवेशन प्रयोजनका लागि मात्र सदस्य बनाईदै गर्दा गैर आवासीय नेपाली संघको "नेपाली को लागि नेपाली" भन्ने नारा र अभियान माथी नै ठूलो प्रश्न चिन्ह खडा भएको हाम्रो विश्वास छ।

गैरआवासीय नेपाली संघ भित्र यस्ता खालको विकृती मौलाउदै जाने र मौलाउन दिने हो भने बिदेशमा रहेको नेपालीहरु बिच अधिवेशन र चुनाव निहुमा फुट र द्वन्द स्थापित भैइ कुनै अप्रीय घट्नाहरु समेत घट्न सक्ने कुरालाई कम नआंक्न अनुरोध गर्दै गैर आवासीय नेपाली संघ बहराईनको आठौं अधिवेशनका लागि भएका हुँदै गरेका यस्ता असमाजिक गतिविधिको घोर भत्सर्ना गर्दै, यस निर्वाचन समिती र आठौं अधिवेशनको लागि अहिले सम्म गरेका एकलौटी निर्णयलाई सिधै खारेज गर्दै यी निर्वाचन बहिष्कार गरेको घोषणा गर्दछु।

जय NRNA

भवदिय,

सुभाश केसि

अध्यक्ष पदका प्रत्याशी