-Haribol Bhandari

गैरआवासीय नेपाली संघको निशुल्क सदस्यताबारे

Hollywood Khabar August 25,2020 Comments

बिषय, प्रसङ्ग र कुरा जो जससंग सम्बन्धित छ !

गैरआवासीय नेपाली संघमा शुल्क रहित सदस्यता (फ्री मेम्बरसिप) आफैमा नराम्रो कुरा होईन। यो संस्था हामी सबैको पहुँचमा पुग्न सक्ने बनाउन भने जरुरी नै छ। गैरआवासीय नेपाली संघले विश्वभरका देशहरुमा रहेका करिवन ८० लाख भन्दा बढी नेपालीहरुको प्रतिनिधित्व गर्छ। साथै यिनीहरुको आस्था र भरोषाको समेत प्रतिबिम्बित गर्ने यहि नै संस्थाले हो। यस संघमा आबद्धता हुन चाहानेहरुले सदस्यता शुल्क तिर्न नसकेर सदस्यता लिन नसक्ने कुरा चाहि सत्य होईन।

नेपाल र नेपालीहरुको समृद्धि र मुलुकको बिकासको लागि समेत टेवा पुर्याउने पवित्र उदेश्य सहित प्रवासमा स्थापित यस संघले यहॉं रहेका हामी नेपालीहरु सबैलाई यस संस्थामा जोड्न जरुरी छ। तर शुल्क रहित सदस्यता (फ्रि मेम्बरसिप) बनाएर ठुलो संख्यामा सदस्यता बढाउँदै गर्दा यस संघको गरिमा, आकर्षण र अझबढी प्रभावकारीता बढाउने तर्फ ध्यानदिन नितान्त जरुरी छ।

शुल्क रहित सदस्यता (फ्रि मेम्बरसिप) बितरणले प्रत्येक राष्ट्रिय समन्वय परिषदहरुमा सदस्यता संख्या बढ्छ। तर राष्ट्रिय समन्वय परिषदबाट अन्तराष्ट्रिय समन्वय परिषद तहमा हुने प्रतिनिधित्वको संख्या घटाउन खोज्ने बिषय, सोंच र प्रबृत्ति आफैमा अलोकतान्त्रिक, अपारदर्शी र हास्यॉंस्पद कुरा हो। यसबाट प्रष्ट हुन्छ कि हामी अन्तराष्ट्रिय समन्वय परिषदमा कस्तो खालको प्रतिनिधित्वको परिकल्पना गर्दैछौ। कुन लोकतान्त्रिक प्रद्धतिको बिकास गर्दैछौ। राष्ट्रिय समन्वय परिषदहरुको सदस्यता संख्याको आधारमा नै अन्तराष्ट्रिय समन्वय परिषद तहमा हुने प्रतिनिधित्वको संख्यालाई सोहि अनुपातमा कायम गराउँन जरुरी हुन्छ। कुनै पनि संस्थाको जग बलियो भयो भने मात्र केन्द्रीय तह बलियो हुन्छ भन्ने तथ्यलाई अनुशरण गर्नुपर्दछ।

शुल्क रहित सदस्यता बितरणले राष्ट्रिय समन्वय परिषदहरु कसरी आर्थिक रुपमा सवल र बलियो हुन सक्दछन् ? साथै उनीहरुको आवश्यक पर्दा कुन आर्थिक श्रोतबाट स्थानीय वा तल्लो तहमा सहयोग पुर्याउन सक्दछन् भन्ने स्पष्ट खाका आउँनु पर्दछ। हचुवा र सस्तो चुनावी नारालाई कार्यान्वयन गर्ने नाममा संस्थालाई दीर्घकालिन असर पार्ने खालका निर्णयहरु गर्दै जॉंदा कालाकान्तरमा संघको औचित्यता माथि नै प्रश्न त खडा हुदैन सबैले गम्भीर भएर एक पटक एक मिनेट सोच्ने पो हो की।

जय नेपाल !

हरिबोल भण्डारी

सल्लाहकार

गैरआवासीय नेपाली संघ

अगष्ट २६, २०२०