-एनआरएनएको कोसोभो र अल्वानीयमा तदर्थ समिति गठन, जम्मा १५ देश

एनआरएनएको कोसोभो र अल्वानीयमा तदर्थ समिति गठन, जम्मा १५ देश

Hollywood Khabar March 21,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको गत मार्च २०२२ मा सम्पन्न १० औं महाधिवेशनपछि बिनोद कुँवरको नेतृत्वमा चयन भएको परिषदले बिभिन्न देशमा एनआरएनएका राष्ट्रिय परिषदहरु बिस्तार गर्दै गएको छ।

 

यसै क्रममा मार्च १८, २०२३ मा युरोपका युरोपका दुइ देशमा तदर्थ समिति गठन भएका छन्। कोसोभोका संयोजकमा कमल के सी र अल्वानियाको संयोजकमा गोविन्द श्रेष्ठ चयन हुनुभएको छ। उहाँहरुले क्षेत्रीय संयोजकको संयोजनमा तदर्थ समितिलाइ बिस्तार गर्दै पूर्णता दिनु हुनेछ।

 

संघको साधारण सभाले उहाँहरुलाइ बधाई सहित अनुमोदन गरेको छ। अब नयाँ नेतृत्वसँग साझेदारी संझौता गर्दै सदस्यता र संगठन बिस्तारको काम हुनेछ।

हाल सम्म अमेरिकाजमा २, मध्येपूर्वमा ४, एशियामा १, युरोपमा ८ गरेर जम्मा १५ देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय स्तरमा गठन र साझेदार भएका छन्। थप जानकारीको लागि संघको वेबसाइट https://globalnrna.org/ मा लिन सकिन्छ।

 

धन्यवाद;

सचिव

कृष्ण के सी

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

मार्च २१, २०२३