कृष्ण के सी/अमेरिका/२/२९/२०
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा Foreign Employment and Welfare of NRNs कमिटीका संयोजक डा बद्रि के सीको संयोजनमा ८ लाख सुपैयाँ संकलन भएको छ। कुवेतमा भएको दुर्घटनामा परि मृत नेपालीहरु ६ जना र अस्पतालमा उपचारार्थ २ नेपालीहरुको तत्काल सहयोगको लागि ८ लाख रुपैयाँ संकलन गरिएको हो।
संघको सचिवालय र उपाध्यक्ष डा के सीको पहलमा संकलित ८ लाख रुपैयाँ उक्त दुर्घटनामा परि मृत भएका ६ जना र अस्पतालमा रहेका २ जना नेपालीहरुलाइ प्रति एजना १/१ लाख प्रदान गरिने निर्णय गरिएको छ।
रकम सहयोग गर्नेहरुमा अध्यक्ष कुमार पन्त १ लाख, उपाध्यक्षहरु बद्रि के सी, अर्जुन श्रेष्ठ, सोनाम लामाले १/१ लाख, सचिव गौरी जोशी १ लाख, सचिव आरके शर्मा ५० हजार, कोषाध्यक्ष महेश श्रेष्ठ १ लाख र सहकोषाध्यक्ष लोक दाहाल ५० हजार हुनुहुन्थ्यो। आइइएस बैठकले सहयोग गर्नुहुनेहरुलाई धन्यवाद र अन्य सबैलाई सो दुखद घटनाको लागि सपोर्ट गर्न अनुरोध समेत गरेको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!