-एनआरएनएको बिशेष महाअधिवेशनको आगामी जनवरी २३-२४, २०२१ मा हुने

एनआरएनएको बिशेष महाअधिवेशनको आगामी जनवरी २३-२४, २०२१ मा हुने

Hollywood Khabar November 22,2020 Comments

कृष्ण के सी, अमेरिका, ११/२२/२०२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिशेष महाअधिवेशनको आगामी जनवरी २३-२४, २०२१ मा हुने प्रस्ताव गरेपछि बैठकबाट अध्यक्ष कुमार पन्तले बैठक अन्त भएको घोषणा गर्नु भएको छ।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको नोवेम्बर २२, २०२० आइतवार बसेको ७५ औं बैठक संघका थुप्रै एजेण्डा सहित अन्त भएको छ। बैठकमा अति जरुरीको मानिएको बिशेष महाअधिवेशनको लागि जनवरीको २३-२४, २०२१ को मिति प्रस्ताव गरिएको छ। प्रस्तावप्रति बैठकमा हो-हल्ला र मिति बिधान अनुरुप नभएको भन्दै केहि सदस्यहरुले असहमति पनि जनाएका थिए।

यस्तै बीच बैठकको अध्यक्षता गर्दै गर्नुभएका अध्यक्ष कुमार पन्तले बैठक अन्त भएको घोषणा गर्नु भएको बताइएको छ। निर्णयबारे संघका प्रवक्ता डिबी क्षेत्रीसँग संपर्क गर्दा निर्णय पछि आउने बताउनु भएको छ। महासचिव डा हेमराज शर्मासँग पनि कल बिजी देखिएकोले सम्पर्क हुन सकेन। बैठकमा सहभागी केहि सदस्यहरुका अनुसार चाहिँ बिशेष महाधिवेशनको मितिबारे मत एक नभएको बताए ता पनि अध्यक्षले रुलिङ्ग गरेर निर्णय दिनुभएको बताइएको छ।

कोरोनाको महामारीले गर्दा बिशेष महाअधिवेशन भर्चुअलमा गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले स्वीकृति दिइसकेको छ। अब हुने बिशेष महाअधिवेशनमा संघको रुपान्तरण संबन्धि थुप्रै बिषय प्रस्तुत हुनेछन। प्रतिनिधिहरु पनि गत महाधिवेशनकै हुने बैधानिक ब्यबस्था छ।