-सीमा बिबादको बिरोध र जोडिएको एनआरएनए बेलायतको मन

सीमा बिबादको बिरोध र जोडिएको एनआरएनए बेलायतको मन

Hollywood Khabar December 01,2019 Comments

बिपिन निरौला/लण्डन/१२/२/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको नया कार्यसमितिको सेप्टेम्बरमा सम्पन्न निर्वाचनले पानी बाराबार र एकअर्काको बिरोध गर्ने यहाका एनआरएनए अगुवा र सदस्यहरूलाइ सिमा बिबाद सम्बन्धि रास्ट्रियताको प्रश्नले एकतामा गासिदिएको छ।

एनआरएनए बेलायतको आयोजनामा भारतविरुद्ध बेलायतको राजधानी लन्डनको मुटुमा सोमबार मध्यान्ह नेपालीहरुले एकताबद्ध भइ प्रदर्शन गरेका छन् । नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि त्यसका विरोधमा एनआरएनएहरुले लन्डनमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनीपछि गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र भारतीय दूतावासले लिन भने अस्विकार गरेको थियो। प्रदर्शनकारीहरुलाई प्रहरीले भारतीय उच्च आयुक्तको कार्यालयको मुलढोकाबाट टाढा रहन भनेका थिए ।

एनआरएनए बेलायतकोउक्त विरोधपत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत् सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ। विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ। सो विरोधपत्र ईमेल तथा हुलाकबाट पठॉंउने महासचिव भट्टराईले रातोपाटी लाइ जानकारी दिएका छन् ।

लण्डन स्थित भारतीय उच्च आयुक्तको कार्यालय नजिकै प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर् लगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए। त्यसैगरी प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभागमा भएको भारतीय ज्यादतीको विरोध गरेका थिए। विरोध प्रदर्शनमा बेलायतका विभिन्न शहरहरुबाट जम्मा भएका गैर आबासिय नेपालीलगायत विभिन्न राजनीतिक र संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो।

एनआरएनए केन्द्रिय अध्यक्ष्य कुमार पन्त सहितले युरोपका विभिन्न देशहरुमा आफै ती देशहरुमा रहेका भारतीय राजदुताबास र उच्च आयुक्तको कार्यालयमा प्रदर्शन गरि सम्पुर्ण एनआरएनए एनसीसी (राष्ट्रिय परिषद) हरुलाइ बिरोध प्रदर्शन र ज्ञापनपत्र प्रस्तुत गर्न निर्देशन र सम्पूर्ण नेपाली हरुलाइ आह्वान गरेका थिए। सो अनुरुप बीर गोर्खालीको ख्याती प्राप्त राष्ट्रबादि नेपालीहरु एकजुट भएर नेपाल भित्र र नेपाल बाहिर डायोस्परामा बिरोध प्रदर्शन गर्दै आइरहेका छन्। तर कतिपय आलोचकहरुले सिमा बिबाद लगायतका सम्बेदन्शील कुराहरुमा बिरोध प्रदर्शन गर्नु भन्दा उच्चस्तरीय कुटनैतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।