गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको नेतृत्वमा नेपालको भुमि अतिक्रमण बिरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित भारतीय राजदुतावासमा बिरोध पत्र पेश गरेको छ।
भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएको भन्दै भारतीय राजदुतावासमा एनआरएनए एनसीसी अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको हो ।
उक्त अवसरमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आईसिसि) उपाध्यक्ष रबिना थापा, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएन एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष कृण्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुग, मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एबं समाजसेवी प्रेम कुमार श्रेष्ठको उपस्थित रहेको थियो।
उक्त अवसरमा नेपालको सार्वभौम भूमि आफ्नै सिमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ । यद्यपी दुई देश बीचको सिमा समस्या दुईपक्षीय कुटनीतिक संवाद मार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ ।
एनआरएनए आईसिसिले शुरु गरेको यस अभियानलाई बिश्वभर रहेका एनआरएनए एनसीसीहरुले अभियानका रुपमा अगाडी बढाउने क्रममा भारतीय दूतावासमा एनआरएन एनसिसि अमेरिकाले बिरोध पत्र पेश गरेको हो।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!