-एनआरएनए एनसीसी अमेरिकाको फेक आइडीवाल जोगाउने काण्ड आइसीसीमा पुग्यो

एनआरएनए एनसीसी अमेरिकाको फेक आइडीवाल जोगाउने काण्ड आइसीसीमा पुग्यो

Hollywood Khabar June 24,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२५/२०

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकामा फेसबुक फेक आइडी बनाएर चत्रित्व हत्या गर्ने प्रवक्ता र सल्लाहकार कारबाहीमा परेका छन्।

कुनै पनि बिषयलाइ अमेरिका जस्तो संसारको सबै भन्दा प्रजातान्त्रिक देशमा बसेर लुकेर बोल्नेहरु सबै भन्दा घातक अरु कोहि हुँदैनन भन्ने बुझ्न बच्चाले पनि सक्छ। तर यहाँका नेपाली समुदायमा यस्तो घटना भने हुने गरेको छ। पछिल्लो घटनामा पदिय जिम्मेवार व्यक्तिहरुले नै यसो गरे। बिषयलाई प्रष्ट रुपमा राख्न कसैको अनुमति लिनु पर्दैन। कानुनले बर्जित गरको बाहेकका कुरा जसले पनि राख्न सक्छ। जसले लुकेर कुरा गर्छ त्यो सत्य होइन केवल अरुको चरित्र हत्या हो।

चरित्र हत्या प्रकरणमा थुप्रै व्यक्ति संलग्न भएपनि प्रत्यक्ष रुपमा एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार भनिएका शिव मल्ललाइ छानविन गर्न तत्काल सस्पेण्ड गरिएको थियो। विभिन्न नामका फेसबुक फेक आइडी, फेसबुक ग्रुप बनाएर संघसँग सम्बद्ध स्थानीय देखि अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्तसम्म, जनसम्पर्क समितिका विश्वो भरिका थुप्रै व्यक्ति, प्रवासी मंच लगायत, थुप्रै व्यक्तिहरु र यो पंक्तिकार समेतको बारेमा भ्रम र चरित्र हत्या गरेको प्रमाण सार्वजनिक भएको थियो

फेसबुक लाइभमा समेत प्रमाण सहित सार्वजनिक गरिएको र संघमा निवेदन समेत दिएको सो प्रकरण हाल आएर जोगाउन तिर लागिएको छ। बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेको संयोजकत्वमा बनेको कमिटीको हवाला दिंदै एनआरएनए एनसीसी अमेरिकाले पारित नगरेको निर्णय अध्यक्ष सुनिल साहले पारित भनेर एकातर्फ सार्जनिक गरेको भन्दै बहुमत टिमले त्यसको विरोघ गरेका छन्।

बिषय बढेर गैरआवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले पत्र नै लेख्नु परेको छ। यहाँ पत्रका प्रति जस्ताको त्यस्तै पोष्ट गरिएको छ।

श्री अध्यक्ष जी,

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, अमेरिका

बिषय:- निर्णय सच्याउन निर्देशन बारे।

आज मिति २४ जुन २०२० का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष श्री कृष्णजीबी पन्थबाट प्राप्त इमेलको सन्दर्भमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ।

नक्कली फेसबुक आइडी प्रकरणमा आरोपितहरु माथि कारवाही अगाडी बढाउन बैठकमा उपस्थित बहुमत सदस्यहरुबाट निर्णय भएको थियो। जसलाई उहॉंले आफ्नो पत्रमा पनि जानकारी गराउनु भएको छ र बहुमत सदस्यहरुको नाम समेत उल्लेख गरिएको छ। सो सन्दर्भमा विश्लेषण गर्दा र एनआरनए अमेरिकाको बिधानको धारा १०३ लाइ हेर्दा, उपस्थित सदस्यहरुको बहुमत अनुसार आरोपितहरुलाई कारवाही अगाडी बढाउन पर्ने प्रस्ट रुपमा देखिन्छ। तपाईको जानकारीका लागि बिधानको लिंक यस प्रकार छ:

https://www.nrnusa.org/media/29092/nrna_usa_bylaws_14th-amendment.pdf 

103. Decision: The decisions of the Board or General Meeting shall be made by a majority of those present in a meeting, at which quorum is satisfied, except when otherwise designated in these bylaws.

उपस्थित बहुमत सदस्यहरुले आरोपितहरु माथि कारवाहीको निर्णय गर्दा गर्दै पनि तपाईले एकलौटी रुपमा केहि कारवाही नगरी उल्टै गलत कृयाकलाप कार्यगरी समाजमा भ्रम छर्नेहरुलाई नै चोख्याउने बक्तब्य बाहिर आउनु संस्थाको लागि ठुलो दुर्भाग्य हो। बैठकमा एउटा निर्णय हुनु र बाहिर अर्को कुरा आउनु आफैमा निन्दनीय, शर्मनाक र अबैधानिक कुरा हो। यो कुराले हाम्रो संस्थाको गरिमा माथि ठुलो आँच आएको पनि स्पष्ट पार्न चाहन्छु। तसर्थ, सो निर्णयलाई यथासिघ्र सच्याई बहुमतको निर्णयलाई कदर गरी आरोपितहरुलाई कारवाही अगाडी बढाउन यसै पत्रद्धारा निर्देशन गरिन्छ।

नेपाली अमेरिकन समाजका प्रतिष्ठित व्यक्तिवहरु लगायत स्वयम् एनआरनए आइ सी सीका आदरणीय पदाधिकारीहरु माथि नै गलत लान्छना, चरित्र हत्या, आरोप, बेइज्जति जस्ता क्रियाकलापमा संलग्न आरोपितहरुलाई चोख्याउदा संस्थाको गरिमा तथा समाजमा नै एउटा गलत उदाहरण स्थापित हुने देखिन्छ। यी सम्पूर्ण कारणहरुलाई मध्यनजर गर्दै बहुमतले गरेको निर्णय तत्कालै लागु गरी अमेरिकाज् क्षेत्रीय समितिलाई जानकारी गराउनु निर्देशन गरिन्छ। साथै उक्त बैठकको अडियो समेत उपलब्ध गराउन निर्देशित गरिन्छ।

राजन त्रिपाठी

क्षेत्रीय संयोजक

एनआरएनए, अमेरिकाज क्षेत्र

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्ण जीवि पन्तले नेतृव गरेको बहुमत टिमले गरेको पहलको प्रति, स्मरणीय कुरा यो टिममा बाँकी ६ जनाले पछि सहमति जनाउने तर अहिले घुपा बस्ने कुरा गरेका छन्। गरिएको सर्वेक्षणमा अध्यक्ष साहको विपक्षमा कार्यसमितिका २१ जनामा १७ जना छन्। बाँकी कुरा पत्र आफैं बोल्छ।

मिती : जुन २४ , २०२०

श्रीमान् अध्यक्ष कुमार पन्त ज्यु

श्रीमान महासचिब हेमराज शर्मा ज्यु

श्रीमान क्षेत्रीय संयोजक राजन त्रिपाठीज्यु

गैरआवाशीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद

बिषय : फेक फेसबुक आईडी सम्बन्धमा

महोदय,

उपरोक्त सम्बन्धमा यहि मिति जुन २२, २०२० का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरीकाको नियमित बैठकको “मिटिंग संचालन र निर्णय प्रकृया” प्रति हाम्रो असहमति रहेको जानकारी गराउदछौं।

कार्यकारी समितिको उक्त बैठकमा एजेण्डा नं. ११.२ को "फेक फ़ेसबुक आईडी" सम्बन्धी प्रस्तावमा; गत दशौं बोर्ड बैठकमा फेक फेसबुक आईडी छानबिन समितिले प्रस्तुत गरेको रिपोर्टमाथि छलफल हुँदा उपस्थिति २१ जना सदस्यमा अधिकांशले विवादमा परेका निलंबित प्रबक्ता ओम भट्टराई र सल्लाहकार शिब मल्ललाई संस्स्थामा ल्याउदा जनमानसमा नराम्रो सन्देश जाने हुनाले वहाँहरुसँग राजीनामाको लागी अनुरोध गर्ने यदी राजीनामा नगरेमा बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए।

अध्यक्षज्यूले उक्त कार्यसमितिका बहुमत सदस्यहरुको बिचार बिपरित आफ्नो ब्यक्तिगत धारणा राख्दै निर्णय मौखिक रूपमा सुनाउदै आकस्मिक रूपले अनलाईन जुम बैठक एक्कासी बन्द गर्नु भएको थियो। उक्त कार्य एनआरएनए एनसीसी अमेरीकाको बिधानको मर्म तथा मिटिंग संचालन अनुशासन बिपरित रहेको हाम्रो ठम्याई छ। साथै आज़ मिती जुन २४ गतेका दिन एनआरएनए एनसीसी अमेरिकाको नाममा कारबाही अन्त्य भएको घोषणा भन्दै प्रेश बिज्ञप्ती निकाल्नु कार्यसमितिका साथीहरुको भावना बिपरित रहेकोले हाम्रो उक्त निर्णयमा असहमती रहेको छ ।

एनआरएनए एनसीसी अमेरीकाको बिधानको धारा १०३ मा भएको ब्यबस्था बमोजिम बोर्डमा प्रस्तुत भएको कुनै पनि एजेन्डाको निर्णय कम्तिमा ५०% भन्दा बढी (कोरम सदस्य संख्या) बोर्ड पदाधीकारी उपस्थित भएको मिटिंगको बहुमतले गरेको निर्णय लागु हुने ब्यबस्था भएकोमा अध्यक्षज्यूले ब्यक्तिगत निर्णय मौखिक रूपमा सुनाउदै बैठकको लाईन काटेर अप्रत्यासित रूपमा बैठक टुंग्याउने कार्यलाई हामीले सम्मानित पदाधीकारीहरू प्रति गरेको अपमान एवं अबमूल्यनको रूपमा लिएका छौ।

एनआरएनए एनसीसी अमेरीकाको संस्थागत रूपान्तरण र प्रचलित निर्णय प्रकृयाको सुदृढीकरणको लागि हामीले कार्यसमितिको बैठकमा ब्यक्त गरेका धारणाहरु आबश्यक परेमा थप प्रमाणका लागी भिडीयो रेकर्ड सुन्न सक्नुहुनेछ।

आगामी जुलाई ३ देखि शुरुहुन गईरहेको साधरण सभा अगावै उपयुक्त संस्थागत निर्णय गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद !

भवदीय

१. कृण्ण जीबी पन्थ - उपाध्यक्ष

२. अमृत कट्टेल - सचिव

३. दिक्षा बस्नेत - महिला कोअर्डीनेटर

४. बिनोद रुवाली - युथ कोअर्डीनेटर

५. छत्र गुरुड्ग - कार्यसमिति सदस्य

६. तिलक केसी - कार्यसमिति सदस्य

७. दुर्गा श्रेष्ठ - कार्यसमिति सदस्य

८. जीवन जोशी - कार्यसमिति सदस्य

९. धर्म बिश्वकर्म - कार्यसमिति सदस्य

१०. खिम भट्टराई - कार्यसमिति सदस्य

११. अमर छत्याल- कार्यसमिति सदस्य

अध्यक्ष सुनिल साहको विज्ञप्तिको प्रति:

मितिः जुन २४, २०२०

प्रेस बिज्ञप्ति

श्री सदस्य ज्यूहरू

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका आजीवन सदस्य श्री प्रसन्न संग्रौलाबाट प्रवक्ता श्री ओम भट्टराई र सल्लाहाकार श्री शिव मल्लका बिरुद्ध नक्कली फेसबुक संचालन गरि समाजका विभिन्न व्यक्तिहरुको बदनाम गर्ने कार्य गरेको र उक्त कार्यले समाजमा नकारात्मक प्रभाव परेको हुँदा निजहरुलाई पदबाट हटाउन माग गर्दै निबेदन पेश भएको थियो।

निबेदन पेश भए लगत्तै निवेदकको माग बमोजिम कार्यबाही अगाडी बढाउन सजिलो होस् भनि आरोपित प्रबक्ता ओम भट्टराई र सल्लहाकार शिव मल्ल लाई केन्द्रिय समितिको बैठक ले छानबिनको समय अवधि सम्मका लागि पदीय जिम्मेवारी बाट बाहिर राख्ने निर्णय गरेको थियो ।

जनवरी २६, २०२० मा बसेको कार्यसमितिको उक्त बैठकले ४५ दिन भित्र छानबिन कार्य सम्पन्न गर्ने गरि संस्थाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेको संयोजकत्वमा कानुनि सल्लाहकार श्री धन बस्नेत, सल्लाहकार श्री संजय थापा, महिला प्रतिनिधि र आइसिसिको प्रतिनिधि एक एक रहने गरि पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय भएको थियो। तर कानूनी सल्लहाकार श्री धन बस्नेत ज्यूले आफु कानूनी सल्लहाकार रहेको अवस्थामा छानबिन समितिमा बस्न उपयुक्त नहुने भनी समितिबाट अलग हुनु भएको, महिला संयोजकबाट प्रतिनिधि उपलब्ध हुन नसकेको र गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदबाट पनि आइसिसिको स्तरमा सोहि बिषयमा नै कमिटी गठन गरि सकेकोले प्रतिनिधि उपलब्ध गराउन नसकिने लिखित जवाफ प्राप्त हुँदा निर्णय गरे बमोजिमको कमिटि समयमा गठन हुन नसकेकोले तोकिएको समयमा छानबिन सम्पन्न हुन सकेन।

तत्पश्चात कार्यसमितिले छानबिन समितिलाई पूर्णता दिने जिम्मा संयोजक डा अर्जुन बंजॉडेलाई दिएको थियो । सो प्रयोजनको लागि समितिका संयोजकले बोर्ड भित्रका प्राय सबैलाई र बाहिरका पनि केहि महानुभावहरुलाई समितिमा बस्नको लागि अनुरोध गर्दा प्राय सबैले बस्न अस्वीकार गरे पछि संस्थाको उपाध्यक्ष श्री बाबु राम (बिआर) लामा लाई कमिटीमा बस्न अनुरोध गर्दा स्वीकार गरेकोले तिन सदस्यीय कमिटीले कार्य सम्पादन गर्न शुरु गरेको थियो।

समितिले छानबिन प्रक्रिया पूरा गरि प्रतिबेदन कार्य समितिलाई पेश गरे पछि जून २२, २०२० मा बसेको कार्यसमितिको बैठकमा प्रतिबेदनको सम्बन्धमा र निवेदक श्री प्रसन्न संग्रौलाद्वारा पेश गरिएको निवेदनको समबन्धमा घनिभूत छल फल भइसके पछि सभापति श्री सुनिल कुमार साहले एजेन्डा माथि गरिएको छलफल को निर्णय सुनाउने क्रममा साथै बैठकलाई समापन गर्ने क्रममा प्रस्तुत प्रतिबेदनमा आरोपी प्रबक्ता श्री ओम भट्टराई र सल्लहाकार श्री शिव मल्ललाई दोषी हो भनि किटान नगरिएको, निजहरुले संस्थाको हित बिपरित कार्य गरेको प्रमाणित हुन नसकेको र संस्थाको बिधान समेत उल्लंघन गरेको नदेखिएकोले संस्थाको मौजुदा बिधान बमोजिम कारवाही गर्ने कुनै आधार नभएको अबस्थामा बिना आधार कोहि कसै माथि पनि कारवाही गर्न नसकिने तर मुद्दा कानूनी प्रकृयामा गई कानूनत: दोषी करार भएमा तत्काल पदबाट हटाइने जानकारी गराउँदै निबेदन माथिको कारबाही अन्त्य गरेको घोषणा गर्नु भएको थियो ।

छानबिन समितिले पेश गरेको प्रतिबेदन यस प्रकार छ ।

PDF Committee report link:

https://shared-assets.adobe.com/link/65f3e4b2-c4ce-45d1-4afc-bf47f794ceda

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, अमेरिका