-गैरआवासीय नेपाली संघले प्रवासी नेपाली लेखकहरुको नियात्रा संग्रह प्रकाशन गर्ने

गैरआवासीय नेपाली संघले प्रवासी नेपाली लेखकहरुको नियात्रा संग्रह प्रकाशन गर्ने

Hollywood Khabar April 28,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, सस्कृती र सम्पदा समितिले प्रवासमा रहेर साहित्यकर्ममा लागि रहेका लेखकहरुका नियात्रा सङ्ग्रह प्रकाशन गर्ने भएको छ।

संसारका सबै महादेशमा रहेका नेपाली लेखकहरुका यात्रा अनुभुतीहरु समेटिने उक्त सङ्ग्रहमा नेपाली लेखकहरुले बिश्वका कुनाकाप्चाको भुगोल, सस्कृती, सम्पदा, जनजीवन र समाजको अनुभव नेपाली साहित्यका पाठकलाई स्वादिलो रुपमा पस्कने छन।

सन २०२० भित्रै प्रकाशन गरि सक्ने लक्ष्य राखिएको उक्त संग्रहका लागि संघका भाषा, साहित्य, सस्कृती तथा सम्पदा समितिका अध्यक्ष एवं पुर्ब कोषाध्यक्ष हिक्मत थापाले जुलाई ३०, २०२० सम्म रचनाहरु संकलन गरि सक्ने बताउनु भएको छ।

संसारका विभिन्न देश र क्षेत्रमा रहेका प्रवासी नेपाली साहित्यकारहरुले बसेको वा घुमेको देशका बिबिध स्वरुपलाई उत्कृष्ट रुपमा नियात्राको रुपमा प्रस्तुत गर्ने र यो संग्रहले पाठकहरुलाई विभिन्न नेपाली लेखकहरु सङ्गै रोचक रुपमा संसार घुमाउने हाम्रो बिश्वास छ। समितिका सहअध्यक्ष महेश्वर पन्तको भनाइ रहेको छ। उनका अनुसार २० देखि २५ लेखकका रचनाहरु उक्त संग्रहमा रहने र संग्रह लगभग ३०० पृष्ठको रहनेछ।

समितिले यस संग्रहका साथै गैरआवासीय लेखकहरुको गजल सङ्ग्रह र गैरआवासिय नेपाली लेखकहरुको अभिलेख पनि साथ साथै प्रकाशन गर्ने तयारी गर्दैछ।