Hollywoodkhabar advertisement

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

-गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता
0
shares

कृष्ण के सी, अमेरिका/११/२८/२०

गैरआवासीय नेपाली संघमा रुपान्तरणका कुरा पहिला पनि उठ्दै गरेता पनि २०१५ बाट भने अध्ययन र डकुमेण्टेशन गर्न सुरु भएको हो। २०१७ मा तत्कालिन अध्यक्ष शेष घलेले भिजन २०२० एण्ड बियोण्डको संरचना पस्कनुभयो। त्यो प्रस्ताव २०१७ को महाधिवेशनबाट पारित भएको नै हो तर त्यो अनुसार कार्यान्वयन भएको छैन।

वर्तमान अध्यक्ष कुमार पन्तले आफ्नो निवाचनको क्रममा उठाएका थुप्रै एजेण्डाहरु मध्येको महत्वपूर्णपाटो हो रुपान्तरण। अध्यक्ष पन्तको निर्वाचन सचिवालयका धेरै मध्ये एउटा महत्वपूर्व व्यक्ति यो लेख्दै गर्ने व्यक्ति पनि हो। उहाँका एजेण्डा, प्रचार र निर्वाचन प्रतिबद्धता मलाइ अहिले पनि हेक्का छ। सोहि क्रममा उहाँले रुपान्तरणका कुरा उठाउनुभयो त्यो कुरा उचित थियो, छ र रहने पनि छ। यो रुपान्तरणको बिषयले बजार पिटेको छ। तर सँस्था रुपान्तर्ण गर्ने भन्दा पनि पक्ष र विपक्षका रुपमा बढेका छन्। पक्ष र विपक्षमा कराउनेहरु मध्ये धेरै त विकल्प दिने र सोच भएका एकदम कम छन्।

अध्यक्ष कुमार पन्तमा एउटा राम्रो पक्ष छ। उहाँ सजिलै सबैसँग कुरा गर्न उपलब्ध हुनुहुन्छ। सबैका कुरा सुन्ने उहाँको अत्यन्तै राम्रो बानी छ।

यो सुन्दर पक्षसंगै उहाँको अर्को कम्जोर पक्ष पनि छ। आफ्नै कुरा र बिषयमा बिस्तृत अध्ययन नगर्ने, रिपोर्ट, बिधि र बिधान अनुसार भन्दा आसेपासेका कुरा सुनेर त्यहि कुरा तुरुन्त घोषणा गरिदिने। यो विधिले उहाँलाइ सफलता भन्दा डुबाउन तिर लगेको छ। अहिलेको रुपान्तरका कुरामा पनि उहाँले आफ्नै कार्यकारी सचिवालय टोलीलाइ मिलाएर लैजान सक्नु भएन। यसकारण आफ्ना निर्वाचित टिमको भन्दा लुप होलमा रहेका ठेकेदार र तीन न तेह्रकाहरुको बन्चरा र निम्छराहरुका कुरा सुनेर त्यसै अनुसार सपनाको छलाङ्ग मार्दै हुनुहुन्छ। यो कारण उहाँको बाँकी रहेको एक वर्ष पनि निम्छरोमा पुगेर कुभिण्डो जस्तो फल्नेछ। गणना गर्न योग्य नतिजा आउने अपेक्षा कम छ।

गैरआवासीय नेपाली संघमा अध्यक्ष कुमार पन्तलाइ असफल र इतिहासमा नै कालो दाग लगाउने व्यक्तिहरुकै कुरा उहाँलाइ असफल बनाउँदै लागेको छ। उनीहरुकै कारण अध्यक्ष पन्तले बेलायतमा कालो झण्डा समेत झेल्नु परेको कुरा सबैलाई थाहा छ। फेरी पनि अध्यक्ष पन्तले उनीहरु जस्तै व्यक्तिका कुरा सुन्दै आफ्नो सिंगो टोली नै बिर्संदै जानु भएको छ। यहि कारण अरु धेरै झण्डा र डण्डा खाएका खबर अब नहोस, त्यो मेरो बिन्ति र अनुरोध हो।

अब रुपान्तरण कै कुरा गरौँ। यो पटक गैरआवासीय नेपाली संघमा तीन थरि सदस्यता बनाउनु जरुरी देखियो। नागरिक, स्थायी वासिन्दा (रेफ्यूजी र असाइली समेत) र साधारण सदस्यता

१. जो नेपालबाट गएर अर्को देशको नागरिक बनेका छन्, उनीहरुका त्यो देशमा जन्मेर नागरिक बनेका दोश्रो पुस्ताका नगरिकहरुलाइ आजीवन (लाइफ टाइम मेम्बरसिप) सदस्यता दिने। सक्कली NRNs चाहिँ यिनीहरु हुन्। उनीहरुले आजीवन सदस्य बन्न आफू दोश्रो देशको नागरिक बनेको प्रमाण भने पेश गर्नुपर्ने छ। यो खालका सदस्यहरुलाई निश्चित सदस्यता शुल्क लिएर आजीवन सदस्यताको प्रमाणपत्र/कार्ड दिइने। उनीहरु स्वतह महाधिवेशनमा डेलिगेट्स हुनेछन्। एउटा फर्म भरे मात्र पुग्ने, छनोट गर्नु नपर्ने।

२. जो अर्को देशको स्थायी बासिन्दा छन्, उनीहरुको स्थायी वासिन्दाको भ्यालिड म्याद सम्मको लागि प्रति दुइबर्ष निश्चित रकमले हुन आउने शुल्क लिएर त्यो अबधी सम्मको लागि एकैपल्ट सदस्यता दिने। उनीहरुले स्थायी बासिन्दाको प्रमाण पेश गर्नुपर्ने छ। जस्तो की ग्रिनकार्ड या अन्य। असाइली या रेफ्यूजी स्टाटस भएकाहरुले वर्कपर्मिट या बस्ने आदेश भएको अवस्थामा भएपनि सो प्रमाणित गर्ने डकुमेण्ट पेश गरेको खण्डमा स्थायी वासिन्दा सरहको सदस्यता पाउनेछन। यो बर्गका सदस्यहरु पनि म्याद भएका अबधि सम्म स्वतह डेलिगेट्स हुन पाउने छन।

३. नेपाल सरकारले नेपालको संबिधान र परराष्ट्रमन्त्रालयले संघ दर्ताको अवस्थामा गरेको ब्याख्या र हाम्रो संस्थाको बिधानको ब्याख्या अनुसारका गैरआवासीय नेपालीहरुलाई दुइ बर्षको लागि निशुल्क रुपमा सदस्यता प्रदान गर्ने। यिनीहरुलाई साधारण सदस्य भन्ने।

४. सम्पूर्ण खाले सदस्यको मताधिकार र अन्य अधिकार बराबर भएता पनि डेलिगेट्स छनोटमा चाहिँ रेसियोका आधारमा साधरण सदस्यको ब्यबस्था गर्ने। अर्को देशको नागरिक बनेका या स्थायी बासिन्दाले आफूले पाउने सदस्यता लिन्न तर निशुल्क साधारण सदस्यता लिन्छु भने पाउने छन्। तर यो सदस्यता त्यो टर्ममा परिवर्तन गरेर आजीवन या स्थायी बनाउन मिले पनि डेलिगेट्स बन्ने जस्ता अन्य अधिकार चाहिं साधारण सदस्य सरह हुने छ, परिवर्तन हुने छैन।

५ जुन देशमा संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) छैन त्यो देशका नेपालीले उपरोक्त अनुसारकै योग्यता मिलेमा कुनै एक प्रकारको सदस्यता संघको आइसीसी साइटमा गएर सोझै लिन सक्नेछन। यस्ता सदस्यता लिने व्यक्तिहरुलाई संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) हरुले संयोजन गरेर डेलिगेट्स हुन पाउने सम्मको व्यवस्था बिधानमा उल्लेख गर्ने

६. कुनै पनि देशमा ५० जना सम्म साधारण र अन्य सदस्यता पुगेका अवस्थामा राष्ट्रिय समन्वय परिषद (एनसीसी) को एडहक कमिटी बनाउन सक्ने।