-NRNA NCC UGANDA OFFICIAL LOGO

NRNA:एनआरएनए युगान्डाले गुल्मीका बाढी पिडितलाई सहयोग गर्यो

Hollywood Khabar August 22,2019 Comments

कम्पाला/युगान्डा/८/२३/१९
गुल्मीका बाढी पिडितलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युगान्डाले आर्थिक सहयोग गरेको छ।
 
एनआरएनए एनसीसी युगान्डाले गत महिना बाढीबाट प्रभावित गुल्मी जिल्ला, सत्यवती गाउपालिकाका बाढी पीडितहरुलाई उक्त गाउपालिका मार्फत एक हजार अमेरिकी डलर नगद सहयोग आज एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरि पठाएको छ।
एनआरएनए युगान्डाका नवनिर्बाचित अध्यक्ष बिनोद थापाले बाढीले बिपत्तिमा रहेका सत्यवती गाउँपालिका गुल्मीका बिपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाडिने जानकारी गराए।
 
एनआरएनएका अन्तरास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै, उक्त रकम सत्यवती गाउँपालिका गुल्मीलाई यथाशीघ्र पठाउने जानकारी दिए।