-एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

Hollywood Khabar July 26,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागि हुने निर्वाचन जुलाई २७ बाट जुलाई ३०, २०२१ मा हुने भएको छ।

  1. चुनावको मुखैमा पुगेर संघको चरम विवादित एमआइएस सिष्टममा बनेका १७ सय पंजीकृत सदस्यको इमेल लगायत व्यक्तिगत विवरण परिवर्तन गरिएको छ।
  2. यस्तो परिवर्तन संघको एमआइएस सिष्टमबाट नै गरिएकाले यसको जवाफदेहि संघका अन्तराष्ट्रिय महासचिव डा हेमराज शर्मा या सो सफ्टवर/एपका मालिक तथा संघका अन्तराष्ट्रिय सचिव गौरीराज जोशी अर्थात दुइ राज मध्ये कुन राजले दिने या संघले दिने भन्ने प्रश्न खडा भएको छ।
  3. सो परिवर्तन मतदान प्रक्रियाबाट बन्चित गराउने मनसाय राखी योजनाबद्ध रुपमा गरिएको पाइएको छ। यसमा संघका महासचिव डा शर्मा र उहाँका अलायन्सको ठाडो संलग्नता पाइएको छ। यस्तो आशंकित अवस्था भएता पनि सो गतिविधिलाई सुधार गर्नुपर्ने आवश्यकता महशुस गरि जुलाई २७, २०२१ मा तोकीएको निर्वाचनलाई जुलाई ३०, २०२१ मा सारिएको निर्वाचन समितिले जानकारी दिएको छ।
  4. जुलाई २६, २०२१ राती अबेर सूचना प्रकाशित गर्दै निर्वाचन समितिले जुलाई २७ मा मतदान गराउनु पर्ने तर अहिले शृजीत-उत्पन्न मतदाता नामावलीसँग सम्बन्धित विवाद र समस्यालाई केही हदसम्म समाधान गरेर मात्र मतदान गराइनु पर्ने भन्ने केही उम्मेदवारहरूको माग आएको छ। यति मात्र होइन कार्य समिति भित्रैबाट शुरु गरिएको मतदाताहरूको ईमेल ठेगाना र फोन नम्बरमा भएका त्रुटिहरू पत्ता लगाइ उचित ढंगले सच्याइ, सकेसम्म सम्पूर्ण मतदाताहरूले मतदान गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितताका लागि, कार्य समितिले जुलाई २४, २०२१ मा गरेको निर्णय समेतगरी जुलाई २६, २०२१ का दिनमा ५ सदस्यीय अध्यक्ष मण्डलले गरेको अनुरोधपत्रलाई आधार मानि, मतदान मिति परिवर्तन गरिएको उल्लेख गरेको छ।
  5. कार्यसमितिको बैठकद्वारा जुलाई २४ मा मतदानको मिति परिवर्तन गर्न गरेको अनुरोधलाई ठाडै इन्कार गरेको निर्वाचन समितिले २६ गते राती मतदानको समय केही घण्टा बाँकी रहेको समयमा भने मतदानको मिति पर धकेल्न राज़ी भएको सूचना प्रकाशित गरेको छ।
  6. मतदाताको मतदान गर्ने अधिकार हनन भएको गम्भिर विषयमा समेत निर्वाचन समितिले ओठे जवाज स्वरूप मतदान मिति सार्ने अनुगमन समितिका बहुमत सदस्यहरू र कार्य समितिका केहि सदस्यहरूको मौखिक चाहना बिरुद्धको हाम्रो कड़ा प्रतिवाद र अनुरोधका बाबजुद जुलाई २४ मा बसेको कार्य समितिको विशेष बैठकले मतदान मिति ३ दिनले पछाडि धकेल्ने निर्णय गरेकोमा निर्वाचन समिति खेद प्रकट गर्दछ भनेको थियो।
  7. तर २६ तारिकमा प्रकाशित सूचनामा १,७०० जना मतदाताहरूको ईमेल ठेगाना परिवर्तन गरिदिएकाले त्यी मतदाताहरूलाई पनि ईमेल ठेगाना सच्याउन लगाइ मतदान अधिकारको उपयोग गराउनका लागि सहि मतदाता नामावली नै निष्पक्ष निर्वाचन प्रकृयाको प्रमुख आधार भएकाले र मतदाता नामावलीको अधिकारिकताका सम्बन्धमा निर्वाचन समितिले कुनै किसिमको निर्णय गर्न नसक्ने भएकाले, हामी हाम्रो पूर्व निर्धारित कार्य तालिकामा कुनै पनि परिवर्तन गर्न नचाहाँदा नचाहाँदै पनि कार्य समितिको निर्णयलाई स्वीकारी, अध्यक्ष मण्डलको अनुरोधलाई पनि आत्मसात गरि ३ दिन पछि निर्वाचन सारिएको नेत्र प्रकाश भण्डारी र ऋषब पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।
  8. यस अघि अध्यक्ष मण्डल, एनआरएनए एनसीसी जापान अनुगमन समिति, एनआरएनए एनसीसी जापान सदस्यता छानविन तथा व्यवस्थापन समिति, एनआरएनए एनसीसी जापानले २०२१-२०२३ कार्यकालका लागि वनेका नयाँ तथा नविकरण गरेका सदस्यहरु मध्ये केही सदस्यहरुको विवरण निर्वाचन प्रयोजनका लागि संवन्धित सदस्यहरु मार्फत सुधार गर्नुपर्ने आवश्यकता देखिएकोले २०२१ जुलाई २६ तारिखबाट २०२१ जुलाई २८ तारिख १७ बजेसम्म तोकीएको गुगल फर्म भरी पठाउनका लागि अनुरोध गरेका थिए। साथै निर्वाचन समितिलाई लिखित रूपमै नाम छुटेका मतदाताहरूलाई पनि मतदानको अवसर प्रदान गर्ने उद्देश्यले निर्वाचनको मिति सार्न अध्यक्ष मण्डलले आग्रह गरेको थियो।
  9. व्यक्तिगत विवरण गुगल फर्म मार्फत Update गर्नकार लागि जारी गरिएको सूचना। उपरोक्त संवन्धमा गैरआवासीय नेपाली संघ जापानमा यही २०२१-२०२३ कार्यकालका लागि वनेका नयाँ तथा नविकरण गरेका सदस्यहरु मध्ये केही सदस्यहरुको विवरण निर्वाचन प्रयोजनका लागि संवन्धित सदस्यहरु मार्फत सुधार गर्नु पर्ने आवश्यकता देखिएकोले मिति २०२१ जुलाई २६ तारिखबाट २०२१ जुलाई २८ तारिख १७ बजेसम्म तल दिइएको गुगल फर्म भरी पठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। आफ्नो व्यक्तिगत विवरण Update गर्नुपर्ने सदस्यहरुको नामावली गत २०२१ जुलाई १३ तारिख सम्पन्न नमुना मतदानका बेला देखिएको निम्न लिखित समस्याहरुको आधारमा तयार गरिएको हो ।

फिर्ता आएका इमेलहरु, SMS नगएका फोन नम्बरहरु, सदस्यता स्वीकृत भइ सके पछाडी Email ID परिबर्तन गरिएकाहरु, गुगल फर्मको लिंक यस प्रकार रहेकोछ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdnMvbe2Ox1QwSVsSxK_LzHPuwro4gVbuH0kIJS46yeK9Bd4g/viewform?fbclid=IwAR2wH6AQ8cIo0bYt_dax3jJUbdWSkFG4n6-cHCUxJqy_EPJ34jL26zGEMr0

व्यक्तिगत विवरण Update गर्नुपर्ने सदस्यहरुको नामावली यस प्रकार रहेकोछ।

https://drive.google.com/drive/folders/1r1OzcnIie_QTRqZtPetjYH0BUxSnMbmT?usp=sharing

पुनश्च: माथि दिइएको लिंकमा रहनु भएका सदस्यहरुले आफ्नो व्यक्तिगत विवरण Update नगर्नु भएमा साविककै विवरण अनुसार निर्वाचन प्रयोजनका लागि पठाइनेछ।

भवदिय

अध्यक्ष मण्डल, एनआरएनए जापान

अनुगमन समिति, एनआरएनए जापान

सदस्यता छानविन तथा व्यवस्थापन समिति, एनआरएनए एनसीसी जापान

निर्वाचन समितिद्वारा जारी सूचना

मतदान मितिका सम्बन्धमा जरुरी सूचना

एनआरएनए जापानका मतदाता सदस्य साथीहरू:

निर्वाचन समितिले मिति २०२१ जुलाई ४ तारीखका दिनमा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि मिति २०२१ जुलाई २७ मा मतदान गराउनु पर्ने थियो, तर अहिले शृजीत/उत्पन्न मतदाता नामावलीसँग सम्बन्धित विवाद र समस्यालाई केही हदसम्म समाधान गरेर मात्र मतदान गराइनु पर्ने भन्ने केही उम्मेदवारहरूको माग र कार्य समिति भित्रैबाट शुरु गरिएको मतदाताहरूको ईमेल ठेगाना र फोन नम्बरमा भएका त्रुटिहरू पत्ता लगाइ उचित ढंगले सच्याइ, सकेसम्म सम्पूर्ण मतदाताहरूले मतदान गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितताका लागि, कार्य समितिले मिति २०२१ जुलाई २४ मा गरेको निर्णय र आज मिति २०२१ जुलाई २६ का दिनमा ५ सदस्यीय अध्यक्ष मण्डलले गरेको अनुरोधपत्रलाई आधार मानि, मतदान मितिलाई निम्नानुसार सारिएको कुरा यहाँहरू सम्पूर्णलाई जानकारी गराउँदछौँ।

मतदान मिति/समय: २०२१ जुलाई ३० तारीख (शुक्रबार), बिहान १० बजे देखि साँझ ८ बजेसम्म

यसका कारण, पूर्व निर्धारित मिति २०२१ जुलाई २६, ००:०० देखि जुलाई २७, १०:०० सम्मको "शून्य समय" पनि मिति २०२१ जुलाई २९, ००:०० देखि जुलाई ३०, १०:०० सम्ममा परिवर्तन गरिएको व्यहोरा पनि जानकारी गराउँदछौँ।

मतदान मितिलाई केही पछाडि सार्नुपर्ने परिस्थितिका बारेमा विगत ४-५ दिन देखि मौखिक रुपमा कुराहरु आइराखेको भएपनि, आधिकारिक रुपमा कार्य समितिको पत्र (ईमेल) हामीलाई हिँजो मिति २०२१ जुलाई २५ को बिहानमा मात्र प्राप्त भएको र हामीले पनि त्यस निर्णयको कडा प्रतिवाद गरि मतदान मिति सार्न नसकिने जानकारी गराएका थियौं। हाम्रो बटमलाइन चाहिं सम्पूर्ण उम्मेदवारहरुको सहमति चाहिन्छ भन्ने थियो तर सम्बन्धित व्यक्तित्वहरुबाट त्यसो गर्न नसकिने जानकारी आए लगत्तै हामीले उम्मेदवारहरूलाईनै अनलाइन मार्फत सोध्ने निर्णय गरि ५३ जना उम्मेदवारहरूलाई ईमेलमार्फत सोधेर हेर्यौं। समय कम भएर पनि हुनसक्छ तर यसको हामीले जम्मा ७ जना उम्मेदवारहरूबाट मात्र जवाफ पाएकाले, मतदान मिति सार्ने वा नसार्ने भन्नेबारेमा केहिपनि उपयोगी हुन सकेन।

हामीलाई जानकारी गराइए अनुसार, मतदान मिति सार्नुपर्ने अवस्थाको शृजना निम्न दुई प्रमुख समस्याहरू केही हदसम्म समाधान गर्नका लागि भएको छ।

  • १. मिति २०२१ जुलाई १३ मा गरिएको ट्रायल भोटिङका बेला ईमेल सर्भर र फोन सीस्टमको रिजेक्शनका कारण मतपत्रलिङ्क पाउन नसकेका जम्मा १,२५७ जना (यो संख्या ईमेल र फोन दुबै मिलाउँदाको हो) मतदाताहरूलाई यसका बारेमा सूचना दिइ, नयाँ ईमेल ठेगाना र नयाँ मोबाइल फोन नम्बर दर्ता गराउनका लागि
  • २. कुनै अन्य व्यक्तिले (या व्यक्तिहरूले) कुनै कारण/उद्देश्यवश लगभग १,७०० जना मतदाताहरूको ईमेल ठेगाना परिवर्तन गरिदिएकाले, त्यी मतदाताहरूलाई पनि ईमेल ठेगाना सच्याउन लगाइ मतदान अधिकारको उपयोग गराउनका लागि

सहि मतदाता नामावलीनै निष्पक्ष निर्वाचन प्रकृयाको प्रमुख आधार भएकाले र मतदाता नामावलीको अधिकारिकताका सम्बन्धमा निर्वाचन समितिले कुनै किसिमको निर्णय गर्न नसक्ने भएकाले, हामी हाम्रो पूर्व निर्धारित कार्य तालिकामा कुनै पनि परिवर्तन गर्न नचाहाँदा नचाहाँदै पनि कार्य समितिको निर्णयलाई स्वीकारी, अध्यक्ष मण्डलको अनुरोधलाई पनि आत्मसात गरि यो सुचना जारी गरेका छौँ।

मतदान मिति ३ दिन पछाडि सारिएका कारण मतदाता र उम्मेदवार साथीहरूलाई पर्न गएको असुविधा र असहजताका लागि हामी हृदयदेखि नै क्षमा प्रार्थी छौँ।

धन्यवाद।

निर्वाचन समिति २०२१

(नेत्र प्रकाश भण्डारी र ऋषब पौडेल)

पुनश्च: कार्यसमितिबाट आएको पत्र (ईमेल) र अध्यक्ष मण्डलबाट आएको अनुरोध पत्र यहाँहरूको जानकारी का लागि हाम्रो होमपेज मा राखेका छौँ।