https://www.youtube.com/embed/13ApmN5wV9E

-एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१ मा अध्यक्षका उम्मेदवारहरुको जुम डिबेट कार्यक्रम २०२१

एनआरएनए अमेरिका: हलिउडखबरद्वारा आयोजित अध्यक्षका उम्मेदवरहरुको डिबेट २०२१ सम्पन्न

Hollywood Khabar May 23,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २२, २०२१

हलिउडखबर डटकमद्वारा आयोजित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन २०२१ मा अध्यक्षका उम्मेदवारहरुको जुम डिबेट कार्यक्रम, मे २२, दिनको १:०० बजे (न्यूयोर्क समय) मा सुरु गरेर भव्यताका साथ् सम्पन्न भएको छ।

अध्यक्षका ४ मध्ये ३ जना उम्मेदवार सहभागी भएका क्रमश: वर्तमान बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डा अर्जुन बन्जाडे, वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सागर सुबेदी, वर्तमान बोर्ड सदस्य तथा अध्यक्षका उम्मेदवार तिलक के सी र पूर्व बोर्ड सदस्य तथा अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने थिए।

कार्यक्रम अबलोकनकर्ताहरुको रुपमा एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम पोख्रेल, दुरबिन नेपालका संपादक/संचालक तोया दाहाल (अमेरिका) र बिबिसी नेपाली रेडियोका (पूर्व) पत्रकार भगिरथ योगी (बेलायत) पनि थिए।

कार्यक्रम Hollywood Media & Entertainmetn LLC द्वारा संचालित https://hollywoodkhabar.com द्वारा आयोजना गरिएको डिबेटलाइ Hollywoodkhabar-USA, OSnepal-USA, BRTnepal-UASA, Radiosanjiwani-Nepal, Nepalsansar-UK, Rightnepal-Spain, Nepalsesdiaspora-USA; Rupantaran-USA, MT Everest TV-Canada, NRNA Global Network लगायत पेसबुक पेज र ग्रुपहरुमा लाइभ गरिएको थियो।

डिबेट ५ राउण्डमा परिचय, योजना, कार्यान्वयन, अनुगमन र मुल्यांकन, जिकिर, एनआरएनए एनसीसी अमेरिका र अन्तराष्ट्रियसम्म सँस्थाको उधेश्य, नीति तथा कार्यक्रम संबन्धि र्यापिड फायर राउण्ड राखिएको थियो। समय र जुमहलमा गर्नुपरेकाले यो पटक पत्रकार र फ्लोर राउण्ड गरिएन। कार्यक्रम जम्मा १ घण्ट ४५ मिनेटमा समापन गरिएको थियो।

कार्यक्रमपछि अध्यक्षका तिनैजना उम्मेदवारहरु, लाइभ हेर्ने दर्शक, अन्य मिडियाकर्मी र एनआरएन अभियन्ताहरुले डिबेट आफूलाई अत्यन्तै उच्च स्तरको लागेको प्रतिक्रिया दिएका थिए।