-Picture from Siena College

Siena College ले गरेको मतसर्भेक्षण अनुसार राष्ट्रपति ट्रम्प भन्दा बाइडेन अग्रपङ्तिमा

Hollywood Khabar June 23,2020 Comments

हलिउडखबर/जुन २४,२०

The New York Times ले Siena College मत सर्भेक्षण अनुसार नोवेम्बर २०२० निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प ३६% र बाइडेन ५०% देखाएको छ।

NYT ले जुन २४, २०२० पूर्वीय समय अनुसार ५:२६ मा जो बाइडेन धेरै अगाडि रहेको नतिजा देखाएको छ। सो समयमा NYT ले Siena College Poll को आधारमा दिएको नतिजा अनुसार रजिष्टर भोटर मध्य ५०% जो बाइडेनको पक्षमा देखाएको छ भने ३६% मत राष्ट्रपति डनल्ड ट्रम्पको पक्षमा छ। १४% मत अन्यमा रहेको छ।

NYT यो सर्भेक्षण Siena College Poll ले रजिष्टर मतदाता मध्य १३३७ जनामा जुन १७-२२, २०२० मा गरेको सर्भेक्षण अनुसर भएको जनाएको छ। हुन त २०१६ को मतसर्भेक्षणमा पनि हिलारी क्लिण्टनलाइ त्यसैगरी अगाडी देखाएको थियो तर नतिजा अर्कै आयो।