काठमाडौँ जिल्ला अदालत

न्यून मूल्य घोषणा गरी करोडौंको राजश्व छलीगरेको मा मुद्दा दायर

Hollywood Khabar August 22,2019 Comments

७ भाद्र ,काठमाडौ।भाइटल हेल्थ केयर प्रालिले आइभी सेट(सलाइन चढाउन प्रयोग गरिने पाइप सहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ।भाइटल हेल्थ केयरका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलले भन्सार ऐजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रञ्जन अधिकारीको सहयोगमा भारतबाट ना७ख ६२५९ नम्बरको ट्रकमा पैठारी गर्दा उक्त सेट खरिदमा राजश्व छलेको पाइएको हो ।वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो। 

एमआरपी मूल्य १९६ भारतीय रुपैयाँ उल्लेख भएकोमा राजश्व कम तिर्ने उद्देश्यले प्रति एकाइ मूल्य १८ भारतीय रुपैयाँ मात्र घोषणा गरी वीरगञ्ज भन्सार कार्यालयमा भुक्तानी गरी वस्तु पैठारी गरेको देखिएको मैनालीले जानकारी दिनु भयो।प्रतिवादी कुमार खरेलले उक्त माल वस्तुको कम मूल्य कायम गरी भन्सार जाँचपास गराउने कार्यमा संलग्न रहेको र सवारी चालक रञ्जन अधिकारी सहयोगी बनेकाले उनीहरुलाई मतियार बनाइ काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको उहाँले जानकारी दिनुभयो ।